2026-09-21 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माईती नेपाल गर्यो भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकाको उद्धार

जनकपुर । माईती नेपाल धनुषाले नेपालबाट भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई उद्धार गरेको छ ।

माईती नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका हुँदै भारततर्फ गइरहेको अवस्थामा अनुगमन टोलीले प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरेको जानकारी दिएको छ ।

उद्धार गरिएका मध्ये १८ वर्षमुनिका ५३ जना तथा १८ वर्षमाथिका ४९ जना रहेका छन्। यसैगरी, १०० जनालाई सुरक्षा आवास प्रदान गरिएको छ, जसमा १८ वर्षमुनिका ४६ जना र १८ वर्षमाथिका ५४ जना रहेका छन् ।

एक वर्षको अवधिमा १७२ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको छ। माईती नेपालले सीमा क्षेत्रमा ८,३८२ वटा बसको जाँच तथा ५,१९२ जनालाई मानव बेचबिखनसम्बन्धी जनचेतनामूलक सूचना प्रदान गरेको छ ।

नेपालमा मानव बेचबिखन नियन्त्रणका लागि कडा कानून रहेको भए पनि दलालहरूले विभिन्न प्रलोभनमा पारेर यो अपराधलाई निरन्तरता दिइरहेका छन् । यदि कसैलाई मानव किनबेचमा संलग्न भएको पाइएमा २० वर्षसम्मको जेल सजाय र २ लाख रुपैयाँसम्मको जरिवानाको प्रावधान छ । वेश्यावृत्तिमा संलग्न गराउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो