2026-11-01 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सशस्त्र प्रहरी इन्स्पेक्टर महत मृत फेला, अर्का इन्स्पेक्टरविरुद्ध प्रहरीमा जाहेरी

पोखरा | पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा तालिम लिइरहेकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी छन्। सिन्धुपाल्चोककी महत १७ औं बेसिक (२०८१) की प्रशिक्षार्थी इन्स्पेक्टर थिइन्। शनिबार राति ब्यारेकको महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कुमार न्यौपानेका अनुसार घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय कास्कीमा १६ औं बेसिकका एक इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी दर्ता भएको छ।

घटनाको विस्तृत अनुसन्धानका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा कानुन महाशाखाका प्रतिनिधिसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रवक्ता न्यौपानेका अनुसार घटनाको अनुसन्धान नेपाल प्रहरीले अघि बढाइसकेको छ। महतले सशस्त्र प्रहरी जवानबाट आफ्नो करिअर सुरु गरेकी थिइन्। २०७२ मा सिपाहीका रूपमा भर्ती भएकी उनले २०७८ मा असई पदमा बढुवा पाएकी थिइन्। कडा परिश्रमी महतले यसै वर्ष इन्स्पेक्टर पदमा नाम निकालेर तालिम गरिरहेकी थिइन्।

महत र ती इन्स्पेक्टरबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। सम्बन्धमा आएको तनावका कारण आत्महत्याको घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पीडितका परिवारले आत्महत्या गर्न बाध्य पारिएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द