2026-09-12 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सशस्त्र प्रहरी इन्स्पेक्टर महत मृत फेला, अर्का इन्स्पेक्टरविरुद्ध प्रहरीमा जाहेरी

पोखरा | पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा तालिम लिइरहेकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी छन्। सिन्धुपाल्चोककी महत १७ औं बेसिक (२०८१) की प्रशिक्षार्थी इन्स्पेक्टर थिइन्। शनिबार राति ब्यारेकको महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कुमार न्यौपानेका अनुसार घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय कास्कीमा १६ औं बेसिकका एक इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी दर्ता भएको छ।

घटनाको विस्तृत अनुसन्धानका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा कानुन महाशाखाका प्रतिनिधिसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रवक्ता न्यौपानेका अनुसार घटनाको अनुसन्धान नेपाल प्रहरीले अघि बढाइसकेको छ। महतले सशस्त्र प्रहरी जवानबाट आफ्नो करिअर सुरु गरेकी थिइन्। २०७२ मा सिपाहीका रूपमा भर्ती भएकी उनले २०७८ मा असई पदमा बढुवा पाएकी थिइन्। कडा परिश्रमी महतले यसै वर्ष इन्स्पेक्टर पदमा नाम निकालेर तालिम गरिरहेकी थिइन्।

महत र ती इन्स्पेक्टरबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। सम्बन्धमा आएको तनावका कारण आत्महत्याको घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पीडितका परिवारले आत्महत्या गर्न बाध्य पारिएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस