2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानी सञ्जयको निधनको २ साता नबित्दै कञ्चनले उनको नासो पनि गुमाइन्

साउन ११, प्यूठान । ‘दुई सातापछि सफल आरोहणको सन्देश सुनाउँछु’ भनेको कन्चन र सञ्जय पण्डितको अन्तिम सम्वाद बन्यो । जेठ १९ गते काठमाडौं छाडेका सन्जयले अन्तिम पटक २५ गते पत्नी कञ्चनसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

सञ्जय हरेक पटक हिमाल आरोहणमा जाँदा प्यूठानमा रहेका बुबाआमा र पत्नी कञ्चनको मुटु झस्कन्थ्यो ।

दोस्रो पटक सगरमाथाको सफल आरोहणपछि उनले अब हिमाल नचढ्न सुझाव पनि दिएकी थिइन् । तर, सञ्जयले मानेनन् । उनी भन्थे-मानिस जन्म पछि पक्कै मर्छ, तर आफ्नो-आफ्नो ठाऊँ र देशको नाम राखेर मर्न डराउनु हुँदैन । सगरमाथाले मेरो शिर राख्यो, अव देशको नाम राख्न सात महादेशका उच्च हिमश्रृंखला चढ्छु ।’

यो पटक अन्तिम हिमाल यात्रा भनेपछि कन्चनले रोक्न सकिनन् । तर, त्यही अन्तिम हिमाल आराहणले कञ्चन र पण्डित परिवारमा अकल्पनीय त्रासदी आइलाग्यो ।

सञ्जयले सात महादेशका सात ‘डरलाग्दा’ हिमाल आरोहणको क्रममा गत असार २ गते अमेरिकाको आलस्कामा ज्यान गुमाए । दुई दिनपछि कञ्चनले पतीको निधनको खबर सुनिन् ।

उनको ४ वर्षअघि मात्र विवाह भएको थियो । त्यसमाथि उनी गर्भवती थिइन् । हरेक पल पतिको साथ चाहिने बेलामा सञ्जयले संसार नै छाडेको सुन्दा कञ्चन आफूलाई कसरी सम्हालिन् कल्पना गर्न पनि गाह्रो हुन्छन् । उनी अहिले त्यो क्षण सम्झन पनि सक्दिनन् ।

तर, कञ्चनको दुःख त्यतिमा सकिएन । पतिवियोगले विछिप्त कञ्चन १४ असारमा सुत्केरी भइन् । उनले छोराको जन्म दिइन् । सञ्चयलाई गुमाउँदाको पीडाका बीच उनको ‘नासो’ छोराको जन्मले उनको घाउमा मलहम लगाउने काम गरेको थियो ।

तर, दुर्भाग्य कञ्चनले असार २२ गते छोरालाई पनि गुमाइन् । स्वासप्रस्वाससम्वन्धी समस्याका कारण उनको छोराको निधन भयो । अर्थात १५ दिनको अन्तरमा उनले पति र पुत्र बियोग सहनुपर्‍यो । ‘जीवन सबैले बाँचेका हुन्छन्, फरक यत्ति हो मैले सामान्य बाँचिन’ उनले भनिन्, ‘सबैले साथ दिए, अन्तिममा दैवले धोका दियो ।’

मंगलबार कञ्चनले नै सञ्जयको पार्थिव शरीरमा दागवत्ति दिइन् । उनी भन्छिन्, अन्तिममा आएर आज जीवनबाट हार खाँए तर सञ्जय पण्डितको पत्नी हुनुमा गर्व छ ।’

पुत्रवियोगको सिलसिला

हरेक पटक सञ्जयले हिमाल चढ्ने कुरा गर्दा घरमा बा-आमाको मुटु झस्कन्थ्यो । तीन भाइ छोराहरु मध्ये कान्छो सञ्जयको अठोटको अगाडि अभिभावकको केही चल्दैनथ्यो ।

‘जाँदा सधैं रोक्ने प्रयास गर्थ्याै, आउँदा सुखी हुन्थ्यौं’ आमा पार्वता पण्डितले भनिन्, ‘अन्तिम समयमा परिणाम अर्कै आयो ।’

जेठो छोरा हृदयघातका कारण गुमाएकी पार्वता अहिले कान्छो छोरालाई गुमाउँदा असहृय पीडामा छिन् । अन्टार्कटिकाको हिमाल आरोणपछि सन्जलाई उनले अब पुग्यो भनेकी थिइन् ।

बुहारी सुत्केरी हुने समय आएकाले पनि यो वर्ष नजान अभिभावकहरुले पहल गरेका थिए । तर, जुन महिना हिमाल आरोहणका लागि उत्तम हुने नत्र एक वर्ष कुर्नु पर्ने भन्दै सञ्जयले आरोहण गरेरै छोड्ने जिद्धि गरे । ‘यो अन्तिम यात्रा हो भनेपछि हामीले नकार्न सकेनौं’ उनले भनिन्, ‘यस पटकका ऋण नै गरेर पठायौं ।’

यसअघिका यात्रामा सञ्जयलाई नेपाल सरकार लगायत विभिन्न निकायहरुले सहयोग गर्दै आएका थिए । ‘करिव ७० लाख लाग्दो रहेछ अमेरिकाको हिमाल चढ्न’ ,आमा पार्वताले भनिन्, ‘माइतीको पेवा सम्पत्ति बैंकमा ४० लाख ऋणमा राखेर पठाएकी हुँ ।’पहिलेको गौमुखी विकास बैंक अहिलेको साइन रेसुङ्गा बैंकमा अझै ३१ लाख ऋण रहेको उनले बताइन् ।

सञ्जयकी पत्नी कञ्चन काठमाडौंको नेपाल कमर्स क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छिन् । वुवा मिश्रण पण्डित पूर्व शिक्षक हुन् । आमा पार्वता आदर्श आधारभुत विद्यालय खप्रेङखोला धर्मावतीमा पढाउँछिन् । माइला दाजु सुरेन्द्र गंगा मावि बाहानेमा पढाउँछन् । अनलाइनखबरबाट 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई