Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

काठमाडौँ | खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या आरोपमा रोल्पामा श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका–६ धुम्काका ४० वर्षीय खिमबहादुर बुढा मगरले ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका थिए।

मंगलबार बिहान आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई खुकरी प्रहार गरेको र अस्मिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

स्थानीयको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट पुगेको प्रहरी निरीक्षक सरोज प्रजापतिको कमाण्डमा पुगेको ६ सदस्य टोलीले हत्या आरोपी खिमबहादुरलाई पक्राउ गरेको थियो।

हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।