Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘रेडियो रोल्पा’ दशौं वर्षमा प्रवेश

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कविता उपाध्याय/साउन ११, रोल्पा । सामुदायिक रेडियो प्रसारक संघ अकोराबका  केन्द्रिय अध्यक्ष सुवास खतिवडाले जिल्लामा संचालित विभिन्न सञ्चार माध्यमले समाज परिवर्तनमा अतुलनीय योगदान दिन सक्ने बताउनु भएको छ ।

रोल्पा जिल्लाको  पहिलो  सामुदायिक   रेडियो,  रेडियो रोल्पा ९३ . ८ मेघाहर्जको सोमबार सम्पन्न नबौ बार्षिक उत्सबको अवसरमा आयोजित सम्मान पुरस्कार वितरण शुभकामना आदान प्रदान तथा स्थानीय सरकार र स्थानीय सामुदायिक रेडियो अन्तरक्रिया कार्यक्रमका अवसरमा सम्पन्न भब्य समारोहमा  प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले अवका दिनमा सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुले टाठाबाठा तथा  पहुँचवालाहरुले बोलेका विषयमात्र होइन ग्रामीण भेगका सोझा सीधा जनताका आवाजहरु बुलन्द गर्दै लैजानुपर्ने सुझाव दिनुभएको छ ।

यसैवीच उहाँले समाजमा विद्यमान लैगिक हिंसा, जातीय छुवाछुत तथा जातीय विभेद, बाल बिबाह बहुविवाह तथा अन्य विविध विषयमा समाचार सम्पे्रषण गर्न सुझाव दिनुभयो । दशवर्षे सशस्त्र युद्धका समयमा रोल्पा तथा रोल्पाली जनताले ठूलो क्षती बेहोरेको बताउदै सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुले ती युद्धका घाउहरुमा नूनचुक छर्ने होइन खाटा बसाल्ने तथा शीतलता प्रदान गर्ने खालका विषयबस्तु प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मानव  अधिकार  सचेतन केन्द्र हुरेक रोल्पाका अध्यक्ष तथा रेडियो रोल्पाका स्टेसन मेनेजर घनश्याम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा   रोल्पा नगर पालिकाका प्रमुख पूर्ण केसीको विशेष आतिथ्यता रहेको थियो थियो भने कार्यक्रममा अकोराबका केन्द्रिय सदस्य केपी घिमिरे,  विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, रेडियो रोल्पा सम्वद्ध ब्यक्तिहरु लगाएतको सहभागिता रहेको थियो  ।

कार्यक्रममा रेडियो स्थापनाका जग्गादाता तथा आर्थिक सहयोग दाताहरुलाई सम्मान, उत्कृष्ट विज्ञापनदाता तथा स्रोतालाई सम्मान, रेडियोकर्मीलाई प्रशंसा पत्र वितरण, रेडियो उद्घोषण अन्र्तगत समाचार वाचन तथा कार्यक्रम सन्चालन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको  थियो ।  हुरेक रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यको स्वागत  मनतब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन हुरेक रोल्पाकी सचिब हस्तमाली बाठा मगरले गर्नु भएको थियो ।

२०६५ साउन ९ गतेबाट प्रशारण आरम्भ थालेको रेडियो रोल्पा ९३.८ मेगाहर्ज रोल्पा जिल्लाकै पहिलो सामुदायिक रेडियो हो । २०६७ साउन ९ गतेदेखि अग्लो स्थानमा रहेको रोल्पा नगरपालीका वडा नं ३ को सात्दोबाटो स्थित डाँडाबाट रिले प्रशारण थालेको थियो । कार्यक्रमको रेडियो रोल्पाले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।