मङ्सिर २३, डोटी । मंसिर महिना सकिनै लाग्दा डोटी लगायत सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुबाट कामका लागी भारत जाने सर्वसाधारणको संख्या बढ्दै गएको छ ।
बर्खेवाली भित्र्याएर हिउँदेवाली लगाए सँगै केही महिना काम गर्न भारत जाने सर्वसाधारणको सँख्या बढ्दै गएको हो । गाऊघरमा लाग्ने मेलापर्व सकिएको र दैनिक खर्च चलाउन पनि सहज हुने भएकोले आफु ४ महिनाका लागी काम गर्न भारत जान लागेको डोटीको वारपाटाका हिक्मत रोकायले बताउनु भयो ।