काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्या भएको खुलेको छ ।
हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ |
पक्राउ परेका शाही बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए । उनलाई प्रहरीले भक्तपुरको सल्लाघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर ल्याएको हो ।
मृत अवस्थामा भेटिएका राईको टाउ, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको चोट थियो । मृतक राई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति हुन् ।
पक्राउ परेका ठकुरीलाई आइतबार म्याद थपका लागि अदालत लैजाने तयारी प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।