३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मार्च ३१ भित्र सदस्यता लिने र नवीकरण गर्ने एनआरएनहरुले मात्र एकता महाधिवेशनमा भाग लिन पाउने

१९ फाल्गुन २०८१, सोमबार ०८:११

काठमाडौं । शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले बनाएको उपसमितिले मार्च ३१ भित्र सदस्यता लिने र नवीकरण गर्ने एनआरएनहरुले एकता महाधिवेशनमा भाग लिन पाउने जनाएको छ ।

विनोद कुँवर संयोजक रहेको ‘एनसीसी समन्वय उपसमिति’को बैठकले विदेशका शाखा (राष्ट्रिय समन्वय परिषद्–एनसीसी) हरूलाई पत्राचार गर्दै मार्च ३१ भित्र सदस्यता लिने र नवीकरण गर्नेलाई एनसीसी तथा आईसीसी (केन्द्र)को अधिवेशनमा भाग लिने व्यवस्था गर्न अनुरोध गरेको हो ।

उपसमितिले एकताको महाधिवेशनमा बढी भन्दा बढी सहभागिताको लागि लाग्न पनि एनसीसीहरुलाई अनुरोध गरेको छ ।

उपसमितिको फागुन १६ मा बसेको बैठकबारे जानकारी दिन आइतबार जारी विज्ञप्तिमा निर्धारित प्रक्रियाअनुसार एनसीसीको अधिवेशन सम्पन्न गर्न रणनीति तय गर्ने र निर्वाचनको कार्यविधि बनाउन सहजीकरण गर्ने निर्णय भएको छ ।

सदस्यताका लागि यसअघि आईसीसी (केन्द्र)ले लिँदै आएको शुल्क उच्चस्तरीय समितिले नलिने भन्दै उपसमितिले सम्बन्धित देशको एनसीसीको नियम बमोजिम सदस्यता शुल्क लिने तथा सदीयता दर्ता, समन्वय र प्रशासनिक खर्चहरू सम्बन्धित एनसीसीले नै व्यवस्था गर्ने निर्णय भएको संयोजक कुँवरले बताए ।

एनसीसीले मार्च १ देखि १५ मार्चभित्र निर्वाचन सम्पन्न गराउनुपर्ने यसअघि नै उच्चस्तरीय समितिले तयार गरेको कार्यादेशमा उल्लेख थियो ।

निर्धारित समयभित्र अधिवेशन तथा एमओयूसमेत नगर्ने एनसीसीको हकमा भने संयोजक तोकेर अधिवेशन गराउनका लागि सिफारिस गरी निर्णय गराउने उपसमितिले जनाएको छ ।

त्यसका लागि अधिवेशन निर्धारित समय भन्दा पनि जुन वा जुलाईमा गर्ने योजना बनाइ समितिसँग एमओयू गरेका एनसीसीहरुको महाधिवेशन गर्दा समेत मार्च ३१ भित्रै सदस्यता लिएको वा नवीकरण गरेका सदस्यहरूले भाग लिन पाउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको कुँवरले बताए ।

कुँवर संयोजक रहेको समितिको सदस्य सचिव लोक दाहाल रहेका छन् भने विभिन्न क्षेत्रमा सदस्यहरू समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट