बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले अफिम सहित युवकलाई पक्राउ गरेको हो ।
जिल्ला धादिङ गजुरी नगरपालिका –४ बस्ने बर्ष २६ को राजन चेपाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार धादिङबाट वीरगंज तर्फ जादै गरेको प्र ०३–०३–००१ प ५२७३ नम्बरको मोटरसाईकल शंकास्पद लागि रोकी चेकजाँच गर्दा अफिम फेला परेको हो ।
जिल्ला प्रहरी कार्यलय बाराका अनुसार जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सवारी रोकी चेकजाँच गर्दा लागूऔषध अफिम सहित चेपाङलाई पक्राउ गरिएको हो ।
लागूऔषध अफिम सहित पक्राउ परेका चेपाङलाई आवश्यक कानूनी प्रक्रियाको लागि अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।