काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ ।
मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो ।
खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध हुनेगरी बाढी आएको छ । पाइप फुटेको कारण पत्ता लाग्न नसक्दा थापाथली चोक हुँदै नर्भिक अस्पताल प्रवेश गर्ने सडक अवरुद्ध छ ।
यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।