2026-06-19 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साली हत्या आरोपमा भिनाजु पक्राउ

बर्दिया | प्रहरीले साली हत्याको आरोपमा भिनाजु र उनकी बुहारीलाई नियन्त्रणमा लिएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँमा घर भाडामा लिइ बस्दै आइरहेकी राधा बोहोराको फागुन ४ गते घरभित्रै रहस्यमय मृत्यु भएको थियो।

सोही निवासी मृतक बोहोराको भिनाजु नाता पर्ने ६९ वर्षीय शान्तबहादुर खत्री र निजकी बुहारी २४ वर्षीया उमाकुमारी खत्रीलाई घटना अनुसन्धानका क्रममा मृत्यु प्रकरणमा संलग्नता देखिएकोले बर्दिया जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति पाएपश्चात् दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले बताए।

भुरिगाउँ स्थित सानो छाप्रोमा घर भाँडामा लिइ बस्दै आइरहेकी बोहोराको सुत्ने कोठामा फागुन ४ गते बिहान साढे १० बजे बाहिरबाट ताल्चा लगाएको अवस्थामा स्थानीयले फेला पारी जनप्रतिनिधिहरूको रोहबरमा ताल्चा फुटाइ घरभित्र हेर्दा घर कोठामा रहेको बाँसको खामोमा मृत अवस्थामा बोहोराको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल मुचुल्कापश्चात् प्रहरीले सघन अनुसन्धान गर्दै जाँदा मृतकका भिनाजु नाता पर्ने र निजकी बुहारीको संलग्नता देखिएकोले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी घर्तीमगरले जानकारी दिएका छन्। घटनाको आशंकामा प्रहरी नियन्त्रणमा रहेका दुबैजना आरोपित प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले