२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई धरौटीमा छाड्ने आदेशका दुई कैफियत प्रतिवेदन उच्च अदालतमा

२०८१, २२ फाल्गुन बिहीबार १७:२७

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा दुई जिल्ला अदालतले गरेका आदेशको कैफियत प्रतिवेदन उच्च अदालतमा पुगेका छन्।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशको कैफियत प्रतिवेदन उच्च अदालत पोखरामा पुगेको हो। यसैगरी, सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सो आदेशको कैफियत प्रतिवेदन पनि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा पुगेको छ।

बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रुपन्देही जिल्ला अदालतको आदेशसम्बन्धी कैफियत प्रतिवेदन बुधबार बुटवल इजलासमा दर्ता भएको हो। उनले भने, “आज दर्ता भएपछि अर्को हप्ताका लागि पेसी तोकिन सक्छ।” साथै, सरकारी वकिलको मागअनुसार छविलाल जोशीको मुद्दासँगै राख्ने वा नराख्ने निर्णय इजलासबाट हुनेछ।

उच्च अदालत पोखराले भने सुप्रिम सहकारी ठगीमा अन्य व्यक्तिहरूका निवेदनसमेत दर्ता भएकाले उनीहरूको कैफियत प्रतिवेदन आएपछि मात्र पेसी तोक्ने तयारी गरेको छ। उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरूले भने, “अन्य निवेदनमा पनि कैफियत प्रतिवेदन मगाउने आदेश भएकाले सबै प्रतिवेदन प्राप्त भएपछि मात्र पेसी तोकिनेछ।”

सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सरकारी वकिलले फागुन १ गते उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए।

त्यसै मुद्दामा पूर्वडीआईजीसमेत रहेका सञ्चालक छविलाल जोशीलाई भने न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। सो आदेशविरुद्ध जोशी पक्षले दिएको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको थियो।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडीको संयुक्त इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो। फागुन ८ मा भएको सो आदेशअनुसार १३ दिनपछि प्रतिवेदन बुधबार बुटवल इजलासमा पुगेको हो। कैफियत प्रतिवेदन कुनै अदालतले गरेको आदेश वा फैसलामा त्यसको आधारसहित तयार पारिने आधिकारिक प्रतिवेदन हो, जुन माथिल्लो तहको अदालतले माग गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन