डीबी विष्ट/साउन १३, बझाङ । जिल्ला प्रशासन कार्यलयमा नागरीकता बनाउनेको घुईचो  लाग्ने गरेको छ । 

विहीबार मात्र २०९ जनाले नयाँ नगारीकता लि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डीबी विष्ट/साउन १३, बझाङ । जिल्ला प्रशासन कार्यलयमा नागरीकता बनाउनेको घुईचो  लाग्ने गरेको छ । 

विहीबार मात्र २०९ जनाले नयाँ नगारीकता लि"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला प्रशासन कार्यलय बझाङमा नागरीकता बनाउनेको घुईचो

१३ श्रावण २०७४, शुक्रबार ०३:१८


डीबी विष्ट/साउन १३, बझाङ । जिल्ला प्रशासन कार्यलयमा नागरीकता बनाउनेको घुईचो  लाग्ने गरेको छ । 

विहीबार मात्र २०९ जनाले नयाँ नगारीकता लिनु भएको छ भने २१ जनाले नागरीकताको प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यलयका कम्प्युटर अपरेटर पवन कुमार रावलले बताउनु भयो । करीब ६, ७ दिन यता नागरीकता बनाउनेको र मतदाता नामावली बनाउनेको लर्को लाग्ने गरेको उहाँले बताउनु भयो । 

विहान ८ बजे देखी बेलुका ७ बजे सम्म पनी कार्यलयका सबै कर्मचारीकहरु नागरीकता दिन तथा सेवाग्राहीहरुलाई सेवा दिन लागी परेको भए पनी अझै सबै सेवा ग्राहीहरुलाई घर फर्कान नसकेको जिल्ला प्रशासन कार्यलयका नासु राम कुमार चौधरी बताए । 

विहान ८ बजे नै कार्यलयमा पुगेर नागरीकता टाईको काम सुरु गर्छु एक पटक पनी पानी खाने फुर्सत नै पाईदैन कम्प्युटर अपरेटर रावले भने बेलुका ७ बजे सम्म काम नै ब्यस्त हुन्छौ । 

सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम नभएका कारण धेरै जस्तो स्थानीय बासिन्दा अहीले नागरीकता बनाएर मतदातानामावलीमा नाम दर्ता गराउने गरेको  पाईएको उहाँको भनाई छ । जसका कारणले जिल्ला प्रशासन कार्यलयका नागरीकता बनाउने ब्यक्तीको विहान देखी घुईचो लाग्ने गरेको हो । 


सहायक प्रमुख जिल्ला अधिकारी टेक सिहँ कुवरले पनी विगतका दीनहरु भन्दा अहीले नागरीकता बनाउनेहरुको संया १० गुणले बढेको बताए । कही दिन अघि सम्म मात्र एक दिनको १०/१५ वटा नागरीकता मात्र जाने गरेका थिए अहीले २५० सम्म नागरीकता जाने गरेको छ । 

विहान ८ बजे देखी बेलुका ६÷७ बजे सम्म सेवा ग्राहीको काम गरी रहेका हुन्छौ । जिल्लामा हुने गोष्ठी समारोहमा समेत जान छोडेर नागरीकता दिई रहेको उहाँले बताए ।  निकै दुर्गम बस्ति बाट दुई तिन दिनको बाटो भएर सेवा ग्राहीहरु नागरीकता बनाउन चैनपुर पुगेका हुन्छन् कुवरले भने हामीले पनी सेवा ग्राहीहरुलाई जती सक्दो चाँडो तथा छिटो छरीतो सेवा दिने प्रयास गरी रहेका छौ । 

यस्तै जिल्ला निर्वाचन कार्यलयमा मतदता नामावली बनाउनेको समेत विहान देखी बेलुका अबेर सम्म घुईचो लाग्ने गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली