३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नाकाबन्दीको सकस घट्दै

१ पुष २०७२, बुधबार ०८:२२

पुष १, डोटी / पछिल्ला केही दिनयता सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नाकाबन्दीको सकस घट्दै गएको छ । भारतसंग जोडिएको सुदूरपश्चिमको प्रमुख नाका गौरीफण्टाबाट अत्याबश्यक सामाग्रीको आयातमा भारतिय पक्ष लचिलो भएसंगै पहाडी जिल्लाको सकस घट्न थालेको हो । अहिले सुदूरपश्चिमका सात वटै पहाडी जिल्ला डोटी, अछाम, बझांग, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुलामा खाना पकाउने एलपी ग्याँस बाहेकका पेट्रोलियम पदार्थको आपूर्ती पहिले भन्दा सहज हुदै गएको छ ।

अन्य अत्यबश्यक सामाग्रीहरुको आपूर्तीमा पनि केही उपलब्धता बढ्न थालेको व्यावसायी तथा उपभोक्ताहरुले बताएका छन् । नेपाल आयल निगम दिपायल शाखाले पछिल्लो एक साता यता पर्याप्त मात्रामा ईन्धत आयात भैरहेको जनाएको छ ।

शाखाका खरिदार पूर्ण प्रसाद जैशीका अनुसार पछिल्लो एक हप्तामा आवश्यक मात्रा अनुसार पेट्रोल र डिजेल आयात भैरहेको छ । शाखाले डोटी, अछाम र बाजुरामा तेलको आपूर्ती गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस्तै डडेल्धुरा, बैतडी, बझांग र दार्चुलामा पनि पर्याप्त ईन्धन गैरहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली