२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्याङ्जाका एकजनाको स्वाइन फ्लूबाट मृत्यु, सचेत रहन आग्रह

१३ श्रावण २०७४, शुक्रबार ०३:४९

साउन १३, वालिङ । स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो । 

“अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भन्नुभयो, “वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूको प्रकोप हुन सक्ने भएकाले सचेत भएर रहन स्थानीयवासीलाई आग्रह गरेका छौँ ।” 

अर्यालको मृत्युसँगै अहिले वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूका कारण स्थानीयवासी त्रसित छन् । स्वाइन फ्लूको नमूना परीक्षणका लागि काठमाडौँबाट आज एक टोली वालिङ आउँदैछ भने आवश्यक औषधि बिहीबार नै आइसकेको छ । 

“असार २६ गते बिहान ८ बजे मृतक अर्याल अत्यधिक टाउको दुख्यो भनेर यहाँ आउनुभएको थियो”, स्वास्थ्य केन्द्रका चिकित्सक प्रवीण घिमिरेले भन्नुभयो, “हाल वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एकसय जना बिरामीमा ६० देखि ७० जना टाउको दुख्ने र ज्वरोसम्बन्धी समस्या भएका आउने गरेका छन् ।” 

स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर पोखरा, पोखराबाट ग्राण्डी अस्पताल काठमाडौँमा करिब एक हप्ता उपचार गरेपछि पुनः त्रिवि शिक्षण अस्पताल लगेको दुई दिनपछि मृत्यु भएको थियो । 

“वालिङ तथा आसपासका क्षेत्रबाट पोखरा तथा काठमाडौँमा सात–आठजना बिरामीलाई रिफर गरिसकिएको अवस्था छ”, अध्यक्ष खाँणले भन्नुभयो, “जो कोहीलाई पनि लामो समयसम्म रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ, घाँटीसम्बन्धी समस्या भएमा शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्रमा आउन पनि आग्रह गर्दछु ।” 

स्वाइन फ्लू बंगुरबाट मानिसमा सर्ने भएकाले घर नजिकै बंगुरहरु नपाल्न पनि आग्रह गरिएको छ । स्वाइन फ्लूबाट बच्न हात नमिलाउने, अंकमाल नगर्ने, मास्कको प्रयोग गर्ने, भीडभाडमा नजान तथा सङ्क्रमित वस्तुको सम्पर्कमा नरहन चिकित्सक घिमिरेले सुझाव दिनुभयो । पछिल्लो समयमा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको स्वास्थ्य केन्द्रले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ