२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिना जमिन छतमा तरकारी खेती

१३ श्रावण २०७४, शुक्रबार ०३:५८


कृष्ण दर्नाल/साउन १३, पाल्पा । जमिन छैन, तर उहाँले ७० किलो तरकारी उत्पादन गरी बेच्नुभयो । 

श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल हुँदोरहेछ भन्ने एक नमूना हो । 

तरकारी खेती गर्नका लागि प्रशस्त जमिन चाहिन्छ भन्ने मान्यतालाई उहाँले गलत साबित गर्नुुभयो । पाल्पा पोखराथोकका ५७ वर्षीय कवि नेपालले प्लास्टिकका ड्रममा तरकारी खेती गरी सफलता पाएपछि श्रम र पसिना पोखेको अवस्थामा प्रशस्त जमिनको अभावमा पनि तरकारी खेती गरी आम्दानी गर्न सकिने बताउनुभयो । 

एउटा सिङ्गो ड्रमलाई काटेर उहाँले दुईओटा भाँडा बनाउनुभएको छ । माटोले भरिएका ड्रमका दुईओटा भाडामा सिमी ४० किलो, लसुन १५ किलो, प्याज १५ किलो र बोडीसमेत उत्पादन भएको नेपालले बताउनुभयो । बारीमा झैँ बाँसका झिक्रामा झाल बेरिएर सीमी फलेका छन् । 

मुटुको बाइपास सर्जरी गरेका बिरामी नेपाल बिहान बेलुका छतमा चढ्नुहुन्छ, कहिले तरकारी खेतीमा चाहिने पानी हाल्नुहुन्छ त कहिले ड्रममा झार गोड्नुहुन्छ, यसरी घरमा नै विषादीविहीन तरकारी उत्पादनमा उहाँ केन्द्रित हुनुहुन्छ । यो समयमा उहाँ रु १५ हजार आम्दानी गर्नसमेत सफल हुनुभएको छ । 

जमिन नभएकोमा चिन्ता लिनु पर्दैन । नेपालले घरको छतमा तरकारी खेती गरेर बूढेसकालमा समयको सदूपयोग गरी शरीरलाई नियमित कसरत गर्ने र भान्छामा विषादीविहीन तरकारी पकाउने उहाँलाई दोहोरो फाइदा भएको छ । यो उहाँको समय बिताउने काम मात्र होइन, दुई–चार रुपैयाँ पनि कमाउने र शरीरलाई स्वच्छ र स्वस्थ राख्न समेत सफल हुने विधि पनि हो । 

उहाँको दुईतले पक्की घरको छतमा ड्रममा गरिएको तरकारी खेती वन्यजन्तुबाट पनि सुरक्षित रहेको उहाँ बताउनुहुन्छ । 

सिमी, बोडी, प्याज, लसुन लगायतका तरकारीले घरको सौन्दर्यसमेत बढाएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा बसोबास गर्ने जो कोहीले पनि जमिनको अभावमा घरमा नै तरकारी खेती गरेर आत्मनिर्भर बन्दै दुई–चार पैसा कमाउन सकिने सम्भावना उहाँले देखाउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य