२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँके डुडुवा गाउँपालिकाको डुडुवा पुल जोखिममा

१३ श्रावण २०७४, शुक्रबार ०४:०५

साउन १३, बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दीस्थित डुडुवा नालामा बनेको पुलको आवश्यक मर्मत नहुँदा जोखिमपूर्ण बन्दै गएको छ । 

करिब ढेड दशकअघि निर्माण भएको सो पुलको मर्मतसम्भार नहुँदा अहिले भत्किन थालेको छ । पुलको वरिपरि पिलर ढलेका छन् भने ढुंगाले लगाएको बारसमेत भत्किएको छ । 

पुलको बीच भागमा खाल्डाखुल्डी भएर पानी जमेको स्थानीयवासी भागिरथी चन्दले बताउनुभयो । राप्तीपारि क्षेत्रलाई जोड्ने मुख्य सडकअन्तर्गत पर्ने सो पुलको मर्मत सम्भार नहुँदा जोखिम बनेको छ । पुल निर्माणपछि सरोकारवाला निकायले चासो नदिएकाले पुल जोखिमपूर्ण बनेको सम्बद्ध पक्षको भनाइ छ । 

सो पुलको बिहीबार सरसफाइ गरिएको छ । नवनिर्वाचित जनप्रतिनिधि तथा स्थानीयवासीको संयुक्त पहलमा पुलको सरसफाइ गरिएको हो । पुलमा जमेको माटो, फोहरमैला तथा पानी निकासको प्वाल सफा गरिएको छ । 

सरसफाइ कार्यक्रममा डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, शिव रेडियो श्रोता क्लब, पदमपुर महिला सहकारी संस्था तथा स्थानीयवासीको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य