२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा महिला बेचेको अभियोग लागेका विरुद्ध थप अर्को मुद्दा

१३ श्रावण २०७४, शुक्रबार ०४:११

नुवाकोट, १३ साउन । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी २३ वर्षीया महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गरेको समयमा पक्राउ परेका चारजना सहित आठजनाविरुद्ध थप दुई महिलालाई भारतमा बिक्री गरेको अभियोग लागेको छ । 

घ्याङफेदीका दुई महिलालाई गत असार १२ गते काठमाडौँमा काममा लगाइदिने भन्दै फकाएर भारतमा लगेर बिक्री गरेको अभियोगमा पीडित परिवारले मानब बेचबिखन मुद्दामा प्रहरी नियन्त्रणमा रहेका चारजनाविरुद्ध किटानी दिएका छन् । 

यही साउन १० गते एक महिलालाई बिक्रीका लागि लैजाँदै गरेको समयमा पक्राउ परेका घ्याङफेदीका १८ वर्षीय कुमार तामाङ, १८ वर्षीय अर्जुन तामाङ, २८ वर्षीय जोगलामा कान्छा भनिने राजु तामाङ र झापाको साबिक महाभारा–९ का २२ वर्षीय विशाल भनिने इन्द्रदेव राजवंशीविरुद्ध गएको असारमा दुई महिलालाई पनि बिक्री गरेको अभियोग लागेको छ । 

पीडित परिवारले दिएको किटानी र प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुविरुद्ध मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला अदालत नुवाकोटमा बिहीबार थप अर्को मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । 

पक्राउ तथा नियन्त्रणमा रहेका चारजना सहित फरार रहेका तीनजनाको समूहले साउन १० मा महिला (दुई छोरीकी आमा)लाई फकाएर भारत लैजाँदै गरेको र त्यही समूहका सातसहित थप एकजना गरी आठजनाले एक महिनाअघि दुई महिलालाई भारतको वेश्यालयमा पु¥याइसकेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । 

मानव बेचबिखनमा सर्वाधिक अभियोग लागेका मध्येका एक ‘ठिले’ भनिने मानबहादुर तामाङलाई १२ वर्षीया बालिकालाई बिक्री गरेको अभियोगमा पक्राउ परेपछि थप अन्य घटना र संलग्न रहेको अभियोग लागेका व्यक्तिहरु पक्राउ पर्न थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य