पढ्न करिब 1 मिनेट लाग्छ

साउन १३, नवलपरासी । नवलपरासीको नारायणी नदीसहित गण्डक क्षेत्र आसपासका स्थानीयवासीमा बाढीको त्रास फैलिएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि उनीहरुमा बाढीको त्रास फैलिएको हो । बाढीको त्रास फैलिएपछि यस क्षेत्रका स्थानीयवासीले उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनसंग माग गरेका छन् ।

सुस्ता र प्रतापुर गरी दुईवटा गाउ‘पालिका क्षेत्रमा रहेका करिब एक दर्जन गाउ‘बस्तीमा बाढीको जोखिममा रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीले सबैमा आग्रह गरेको छ ।

जिल्लाको दक्षिणी भेगका नर्सहीं, कुडिया, ठूलो खैरटंवा, गुठिप्रसौनीलगायतका एक दर्जनभन्दा बढी गाउ‘बस्ती बाढीको जोखिममा रहेको बताइएको छ । रासस