सरोज यादव/साउन १३, सर्लाही । सर्लाहिको त्रिभुवननगर नाका बाट भन्सार छली गरि ल्याउदै गरेको ३ लाख ५० हजार बराबरको लताकपडा शुक्रबार सर्लाही प्रहरीले विशेष सुराकीको अधारमा पक्राउ गरेको छ ।
प्रहरीले कपडा संगै शुक्रवार बिहान ३ बजे सर्लाही ब्रहम्पुरी गाउँपालिका १ बस्ने बिजय यादवको २६ वर्षीय छोरा गौरी शंकर यादव र भारतको सोन्बर्षा बस्ने ब्रहमदेव पासवानको २३ वर्षीय छोरा विजय पासवानलाई अवैध लता कपडा सहित जिल्ला प्रहरीको टोलिले पक्राउ गरेको हो ।
दिनप्रतिदिन यस्तै अबैध कामहरु भैरहेकाले पक्राउ परेका व्यक्तिलाई कुनै पनि हालतमा छाड्न नमिल्ने प्रहरी निरिक्षक पुरुषोतम कार्कीले बताउनु भयो ।
पक्राउ परेको लत्ता कपडा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाईएको छ । पक्राउ परेका दुवै जनामाथि थप कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।