किन मनाइन्छ गुरही ?, पुतला बनाएर किन चोकमा लगेर ठटाउने गरिन्छ ?, धार्मिक तथा सांस्कृतिक महत्व 


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... किन मनाइन्छ गुरही ?, पुतला बनाएर किन चोकमा लगेर ठटाउने गरिन्छ ?, धार्मिक तथा सांस्कृतिक महत्व 


2026-09-19 07:00 PM
दाङ्ग - DNG

थारु समुदायको पहिलो चार्ड “गुरही” अाज दाङ सहित तराईका जिल्लामा धुमधाम मनाईदै

किन मनाइन्छ गुरही ?, पुतला बनाएर किन चोकमा लगेर ठटाउने गरिन्छ ?, धार्मिक तथा सांस्कृतिक महत्व 


सन्तोषकुमार गुप्ता, दाङ १३ साउन ।  थारु समुदायको पहिलो चाड “गुरही” आज दाङ सहित देशभर थारु जतिहरुले बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । थारु जतिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले उनीहरुहरुले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले आज गुरहीलाई थारु समुदायले धुमधामका साथ मनाउँदैछन् ।

थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने मान्यता रहेको थारु अगुवा सनिराम चौधरीले बताउनु भयो । गुरहीकै दिन देखि वर्षायाम अन्त्य भई हिउँद शुरु भएको समेत मानिन्छ, तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्स्दिलो भएका बेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागदेवताको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँ अनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाउने गरिन्छ । 

किन मनाइन्छ गुरही ?

साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ कपडा लगाएर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको दक्षिण चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् । चोराहमा गाउँघरका दाजुभाइ, दिदीवहिनी, भद्र भलादमीको उपस्थिति रहन्छ । गाउँका बडघर एकै साँसमा (एकसंस्सु) डुबो घाँसमा गाँठो पार्छन । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरु त्यसलाई आफुसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँछन् र “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने विश्वास रहेको छ ।

रहस्यमय विषय केटाकेटी आकारको लुगाको पुतला बनाएर किन चौकमा लगेर ठटाउने गरिन्छ ? यसको राज के हो ? 

थारु समाजभित्र तिरस्कृत रहेको बोक्सी, अर्ध–गुरुवालाई समाजबाटै वहिस्कृत गरेको यसले संकेत गर्दछ भनिन्छ । तर आर्को तिर थारु समाजभित्र अन्धविश्वासले गाडेको जडालाई बुझाउँछ । ‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–वहिनीहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादको रुपमा बाँड्ने प्रचलन छ । दिदीबहिनीहरुले चना, मकै, केराउ लगायतका परिकारका भुजा प्रसादको रुपमा बाँड्ने गर्छन् । थालको भुजा न सिद्धिए सम्म जम्मा भएका केटाकेटीहरु भूजा माग्छन् । चोकमा ठटाएको भुजा र कपडाको टुक्राको संकलन गरेर घरतिर लाग्नछन्, गुरही ठटाउने सदस्यहरु । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरमा राख्दा घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरु घरबाट निस्केर जाने विश्वास गरिन्छ । ‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेर जाने र सुख लाभ प्राप्त हुने विश्वास छ । गुरहीलाई नागपञ्चमीको रुपमा मनाइने गरे पनि हाम्रा पुर्खाहरुले नागको फोटो लगाएर घरमा पूजा गर्ने चलन थिएन । अहिलेका युवा पीढिले देखा सेखीमा नागको फोटो घरको मूल ढोकामा टाँस्ने प्रचलन शुरु गरेका छन् सनिराम चौधरी भन्नु भयो । नाकको फोटो टाँस्नु, पुजा गर्नु आफैमा गलत भने होईन् तर नाकको फोटो टाँस्ने पुजा गर्ने थारु परम्परा भने होइन् उहाँले भन्नु भयो । 

धार्मिक तथा सांस्कृतिक महत्व 

गुरही थारु समुदायको शुरुवातको पर्व हो । यसको आफ्नै धार्मिक महत्व छ । थारु समुदाय अझै हिन्दु हो कि बौद्धिष्ट वहसको विषय छ । यथपी परापूर्व कालदेखि हिन्दू धर्मको आचरण व्यवहार गरेको हामी देख्छौं । गुरही पर्वलाई नागदेवता सँग जोडिनु पनि हिन्दू धर्मकै सम्बन्ध हो । धर्म आफैमा कुनै राम्रो न नराम्रो हुँदैन । मनको शान्ति र उच्च विचारले मनाउने पर्वहरुले मनको शान्ति र अमनचयन दिने चौधरीले भन्नु भयो । धर्मलाई राजनीतिक विषय बनाएर धार्मिक विचलन ल्याउनु उचित हुँदैन । गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त रहेको उहाँको भनाई छ ।

यसको सामाजिक महत्व भन्नु नै सामुहिकता हो । गाउँघरमा थारु समुदाय प्राय ः कृषि कार्यमा आवद्ध छन् । वर्षदिनलाई पुग्ने खेतबारीमा धान रोपिसकेपछि पर्ने यो पर्वले थकित मनलाई मेटाउने र शितलता दिने गर्छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाइने गरिन्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय हो । अमनचयन र सौहाद्रताको विषय हो । यसलाई एकताको सन्देशको रुपमा मनाउन सक्नुपर्छ उहाँले भन्नु भयो ।  उहिले गुरही पर्वमा खासै जिता मारेर खाने प्रचलन थिएन । तर आज भोलि गाउँ घरमा सुंगुर बंगुर काटेर रमाइलो गरी गुरही मनाउने प्रचलन शुरु भएको छ । चेलीबेटीलाई माइतमा विशेष सम्मानका साथ खुवाएर पर्व मनाउने प्रचलन समेत छ ।

(राप्ती गाउँपालिका—७ भानपुर निवासी थारु अगुवा तथा थारु सांस्कृतिकविद सनिराम चौधरीको सहयोगमा तयार पारिएको यो रिपोर्ट)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो