टेक शाही/साउन १३, डोल्पा । बिदाको दिनमा स्याउ बेचेर स्कुले जोहो गर्दैछन डोल्पाका बालबालिका । बिभिन्न बिदाको अबसरलाइ प्रयोग गरि दुनै बजारमा स्याउ बेच्न सदरमु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन १३, डोल्पा । बिदाको दिनमा स्याउ बेचेर स्कुले जोहो गर्दैछन डोल्पाका बालबालिका । बिभिन्न बिदाको अबसरलाइ प्रयोग गरि दुनै बजारमा स्याउ बेच्न सदरमु"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बिदामा स्याउ बेचेर बिद्यालयको जोहो गर्दै डोल्पाका बालबालिका

१३ श्रावण २०७४, शुक्रबार १०:५२


टेक शाही/साउन १३, डोल्पा । बिदाको दिनमा स्याउ बेचेर स्कुले जोहो गर्दैछन डोल्पाका बालबालिका । बिभिन्न बिदाको अबसरलाइ प्रयोग गरि दुनै बजारमा स्याउ बेच्न सदरमुकाम आसपासका बालबालिकाहरुले स्कुले जोहो गरि रहेका छन । 

सदरमुकाम दुनै देखि २ घण्टाको दुरिमा रहेको लोचा गाँउबाट आधा दर्जन भन्दा धेरै बालबालिकाहरु पछ्यौरा भरि स्याउ ल्याएर बजारमा सड्कको पेटिमा राखि बेच्न लागका भेटिन्छन ।

मनमा प्राथमिक बिद्यालय कुम्लीमा कक्षा ५ मा पढ्ने ११ बर्षिया सूनीता रोकायाले प्रति वटा स्याउकोे ५ रुपैयाका दरले बेच्न बिहान देखि बसेको बताइन । धेरै स्याउ ल्याएको थिए अब सकिन लागी सके ३ सय रुपैयाको स्याउ बेचे मैले सुनिता पैसम गन्दै खुसि ब्यक्त गर्दै थिइन । 

अरु बेलामा बिद्यालय जानु पर्ने र बिदाको दिनमा स्याउ बेचेर आएको पैसाले साँझ घर फर्किदा कापि र कलम किनेर लैजाने बचेको पैसा आमा बाबालाइ दिने सुनिताले बताइन । उनले भनिन बजार पनि आउन पाइने पैसा पनि कमाइने स्कुलको लागि कापि कलम पनि हुने रमाइलो लाग्छ खुसि हुदै भनिन । 

धेरै साथिहरु मिलेर आउछौ स्याउ बेचेर घरमा चाहिने सामान किनेर लिन्छौ आमा बाबा खुसि हुनुहुन्छ १० बर्षिय रितु भण्डारिले सुनाइन । भण्डारि भन्छिन साथीहरु मिलेर बजारमा स्याउ र आरु बेचन रमाइलो हुन्छ तर यो हाम्रो बाध्यता पनि हो ? उनको अनुहार मलिन हुन्छ । 

सानासाना बालिबालिका भएर होला जम्मा ५ रुपैयाको स्याउ पनि किन्न महगो भयो भन्छन । हाम्रो पिडा कस्ले बुझि दिन्छ २ घण्टाको जँगल,खोला,उकालि र ओराली गर्दै कापि कलमको जोहोको लागि स्याउ बेचेको भण्डारि दुखेसो पोख्छीन । 


बिहान बेलुकी घर दन्दा पनि गर्नु पर्छ दिउसो स्कुल जान्छौ हामी बाबा आमा सँग पैसा हुदैन माग्न डर लाग्छ कापि कलम नभए सरले गालि गर्नु हुन्छ पिट्नु हुन्छ अनि स्याउ,आरु र अन्य फलफुल बेचेर कापि कलमको गुजारा चलाउनको लागि बाबा आमा सँग मागि राख्न पर्दैन ९ बर्षे सुसिला रोकायाले बताइन । 

शुसिलाले भनिन पढ्नको लागि हामीसँग पैसा छैन स्याउ जस्ता फलफुलको सिजन हाम्रो लागि सुनौलो अबसर हो भने । हामी त छोरि मान्छे बल्ल बल्ल पढ्ना पाएका छौ अनि आफु पढ्नको लागि पनि यो नै सबै भन्दा राम्रो स्कुले जोहो भएको छ । 

हिउदको समयमा बिद्यालय पनि बन्द हुन्छ आजभोलीको समय त हाम्रो लागि खुबै राम्रो हुन्छ । स्याउ बेच्न आएकाको सबै हाँस्दै भन्छन । शनिबार कहिले आउछ भनेर दिन गन्छौ बेलाबेलामा परेको बिदा त हाम्रा लागि खुब रमाइलो दिन हुन्छ पैसा पनि बजार घुमेर रमाइलो पनि खुबै रमाएका बस्छन सबै । यसरि तरकारि देखि फलफुल बेचेर स्कुले जोहो गर्ने बालबालिकाको सँख्या दर्जनौ रहेको छ । 

प्रभाबकारि शिक्षाका लागि बिभिन्न गैरसरकारी र सरकारी निकाय भए पनि डोल्पाका बालबालिकाको समस्या र शिक्षा परम्परागत नै छ । समयमा पाठ्पूस्तका पाउदैनन,समयमा छात्रबृति पाउदैनन समयमा शिक्षा पाउदैनन पिडैपिडाको दैनिकि बितदैछ बालबालिकाको । 

बिद्यालय छोरि मान्छे जानु नै हुदैन भन्ने सोँचको भने पूरै अन्त भएको छ । डोल्पामा अहिले छोरिहरु स्कुल पढ्नेको सँख्या ७० प्रतिशत नै भएको तथ्याक रहेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो