टेक शाही/साउन १३, डोल्पा । बिदाको दिनमा स्याउ बेचेर स्कुले जोहो गर्दैछन डोल्पाका बालबालिका । बिभिन्न बिदाको अबसरलाइ प्रयोग गरि दुनै बजारमा स्याउ बेच्न सदरमु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन १३, डोल्पा । बिदाको दिनमा स्याउ बेचेर स्कुले जोहो गर्दैछन डोल्पाका बालबालिका । बिभिन्न बिदाको अबसरलाइ प्रयोग गरि दुनै बजारमा स्याउ बेच्न सदरमु"/>

2026-09-03 11:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बिदामा स्याउ बेचेर बिद्यालयको जोहो गर्दै डोल्पाका बालबालिका


टेक शाही/साउन १३, डोल्पा । बिदाको दिनमा स्याउ बेचेर स्कुले जोहो गर्दैछन डोल्पाका बालबालिका । बिभिन्न बिदाको अबसरलाइ प्रयोग गरि दुनै बजारमा स्याउ बेच्न सदरमुकाम आसपासका बालबालिकाहरुले स्कुले जोहो गरि रहेका छन । 

सदरमुकाम दुनै देखि २ घण्टाको दुरिमा रहेको लोचा गाँउबाट आधा दर्जन भन्दा धेरै बालबालिकाहरु पछ्यौरा भरि स्याउ ल्याएर बजारमा सड्कको पेटिमा राखि बेच्न लागका भेटिन्छन ।

मनमा प्राथमिक बिद्यालय कुम्लीमा कक्षा ५ मा पढ्ने ११ बर्षिया सूनीता रोकायाले प्रति वटा स्याउकोे ५ रुपैयाका दरले बेच्न बिहान देखि बसेको बताइन । धेरै स्याउ ल्याएको थिए अब सकिन लागी सके ३ सय रुपैयाको स्याउ बेचे मैले सुनिता पैसम गन्दै खुसि ब्यक्त गर्दै थिइन । 

अरु बेलामा बिद्यालय जानु पर्ने र बिदाको दिनमा स्याउ बेचेर आएको पैसाले साँझ घर फर्किदा कापि र कलम किनेर लैजाने बचेको पैसा आमा बाबालाइ दिने सुनिताले बताइन । उनले भनिन बजार पनि आउन पाइने पैसा पनि कमाइने स्कुलको लागि कापि कलम पनि हुने रमाइलो लाग्छ खुसि हुदै भनिन । 

धेरै साथिहरु मिलेर आउछौ स्याउ बेचेर घरमा चाहिने सामान किनेर लिन्छौ आमा बाबा खुसि हुनुहुन्छ १० बर्षिय रितु भण्डारिले सुनाइन । भण्डारि भन्छिन साथीहरु मिलेर बजारमा स्याउ र आरु बेचन रमाइलो हुन्छ तर यो हाम्रो बाध्यता पनि हो ? उनको अनुहार मलिन हुन्छ । 

सानासाना बालिबालिका भएर होला जम्मा ५ रुपैयाको स्याउ पनि किन्न महगो भयो भन्छन । हाम्रो पिडा कस्ले बुझि दिन्छ २ घण्टाको जँगल,खोला,उकालि र ओराली गर्दै कापि कलमको जोहोको लागि स्याउ बेचेको भण्डारि दुखेसो पोख्छीन । 

बिहान बेलुकी घर दन्दा पनि गर्नु पर्छ दिउसो स्कुल जान्छौ हामी बाबा आमा सँग पैसा हुदैन माग्न डर लाग्छ कापि कलम नभए सरले गालि गर्नु हुन्छ पिट्नु हुन्छ अनि स्याउ,आरु र अन्य फलफुल बेचेर कापि कलमको गुजारा चलाउनको लागि बाबा आमा सँग मागि राख्न पर्दैन ९ बर्षे सुसिला रोकायाले बताइन । 

शुसिलाले भनिन पढ्नको लागि हामीसँग पैसा छैन स्याउ जस्ता फलफुलको सिजन हाम्रो लागि सुनौलो अबसर हो भने । हामी त छोरि मान्छे बल्ल बल्ल पढ्ना पाएका छौ अनि आफु पढ्नको लागि पनि यो नै सबै भन्दा राम्रो स्कुले जोहो भएको छ । 

हिउदको समयमा बिद्यालय पनि बन्द हुन्छ आजभोलीको समय त हाम्रो लागि खुबै राम्रो हुन्छ । स्याउ बेच्न आएकाको सबै हाँस्दै भन्छन । शनिबार कहिले आउछ भनेर दिन गन्छौ बेलाबेलामा परेको बिदा त हाम्रा लागि खुब रमाइलो दिन हुन्छ पैसा पनि बजार घुमेर रमाइलो पनि खुबै रमाएका बस्छन सबै । यसरि तरकारि देखि फलफुल बेचेर स्कुले जोहो गर्ने बालबालिकाको सँख्या दर्जनौ रहेको छ । 

प्रभाबकारि शिक्षाका लागि बिभिन्न गैरसरकारी र सरकारी निकाय भए पनि डोल्पाका बालबालिकाको समस्या र शिक्षा परम्परागत नै छ । समयमा पाठ्पूस्तका पाउदैनन,समयमा छात्रबृति पाउदैनन समयमा शिक्षा पाउदैनन पिडैपिडाको दैनिकि बितदैछ बालबालिकाको । 

बिद्यालय छोरि मान्छे जानु नै हुदैन भन्ने सोँचको भने पूरै अन्त भएको छ । डोल्पामा अहिले छोरिहरु स्कुल पढ्नेको सँख्या ७० प्रतिशत नै भएको तथ्याक रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट