पढ्न करिब 1 मिनेट लाग्छ

साउन १३, झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक पेटीमा आज एक व्यक्ति मृत फेला परेका छन् ।

भद्रपुर–८ गणेश मन्दिर नजिकै अन्दाजी ५५ वर्षीय एक पुरुष मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न नसेको प्रहरीले जनाएको छ ।

आज बिहान ११ बजे अज्ञात व्यक्ति मृत देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

करिब दुई साताअघि मात्र उनी सो वडा आसपास देखापरेको स्थानीयवासी कृष्ण पासवानले बताउनुभयो । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको जनाएको छ । रासस