2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

हलिया राखेको प्रमाण भए कार्वाहि गर्ने: बोहरा

प्रकाश बम/ माघ १३ ,डोटी । हलिया राखेको प्रमाण भए कार्वाहि गर्ने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनु भएको छ ।राष्ट्यि हलिया मुक्ति समाज डोटीको बुधबार चौथो जिल्ला अबिधेशन उद्धघाटन कार्यक्रममा प्रमुख अथितिको आसशबाट बोल्दै उहाले सो कुरा बताउनु भयो ।

अहिले पनि कसैको घरमा हलिया बसेको प्रमाण कसैले बाहिर ल्याए कानु बमोजिम कार्बाहि गर्ने बोहराले बताउनु बताए । बिगतमा परीचय पत्र वितरणको क्रममा बर्ग छुट्याउने कुरामा केहि बिवाद आएको भन्दै त्यसको कार्यन्वयकालागि पहल भईरहेको समेत प्रमुख जिल्ला अधिकारी बोहराले बताए । वास्तविक हलिया छुटेको भए समेट्न सकिने समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्यि दलित कल्याण संघका अध्यक्ष कुमार टेलरले बषर्मा १०/१५ जनालाई पुनस्थापन गरेर हलिया पुनस्थापन हुन नसक्ने बताए । सरकारले दलितलाई सौतेलो ब्यबहार गरेको समेत उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै डम्बर बिकले जात,बर्ग र समुदाय बिशेषको लडाई नभएकाले सबैले हलिया मुक्ति समाजलाई सहयोग गर्नु पर्ने बताए । जहिले सम्म नेपाल सरकाले हलिया पुनस्थापना गर्न सक्दै तव सम्म हलिया मुक्तिका लागि लागि पर्ने बताए ।

पुनरा बेदन बारका सचिव शंकर दिप मडैले तिमि पारी म वारी, माया गाडा छ भन्ने जस्तो हलिया समाजको पिडा भए यति बेला आफु चुप लागेर बस्न नसक्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका उपाध्यक्ष योगेन्द्र बलायरले मुक्त हलियाको निश्चत समयमै तथ्याङ्क संकलन गरी पुनस्थापनकालागि पहल गर्न जरुर रहेको बताए । साथै हलिया मुक्तिको सुरुवाती दिन देखि नै डोटीका पत्रकारको महत्वपुर्ण भुमिकारहेकाले हलियाहरुको समस्या संग चिर परिचित रहेको समेत बलायरले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला उपाध्यक्ष दुर्गा ओझाले हलियाको पुनस्थापनका लागि राजनितिदलहरुले पुर्ण सहयोग गर्ने बताए ।

डोटीमा २२ गाबिस र १ नगरपालिका बाट १ हजार अठार जनाले परीचय पत्र पाएको राष्ट्यि हलिया मुक्ति समाज डोटी अध्यक्ष सिता बिकले बताए । २०६५साल भाद्र २१ गते देखि हलिया मुक्तिको घोषणा भए पनि नेपाल सरकारले मुक्त हलियाको पहिलो चरणमा ६२ जना मुक्त हलियाको पुन स्थापनाको काम गरेको अध्यक्ष बिकले बताए । अझै २८ वटा गाविसको तथ्याङ्ग संकलन गर्न बाँकि रहेको उनले बताए । कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई