२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

हलिया राखेको प्रमाण भए कार्वाहि गर्ने: बोहरा

१३ माघ २०७२, बुधबार १४:१४

प्रकाश बम/ माघ १३ ,डोटी । हलिया राखेको प्रमाण भए कार्वाहि गर्ने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनु भएको छ ।राष्ट्यि हलिया मुक्ति समाज डोटीको बुधबार चौथो जिल्ला अबिधेशन उद्धघाटन कार्यक्रममा प्रमुख अथितिको आसशबाट बोल्दै उहाले सो कुरा बताउनु भयो ।

अहिले पनि कसैको घरमा हलिया बसेको प्रमाण कसैले बाहिर ल्याए कानु बमोजिम कार्बाहि गर्ने बोहराले बताउनु बताए । बिगतमा परीचय पत्र वितरणको क्रममा बर्ग छुट्याउने कुरामा केहि बिवाद आएको भन्दै त्यसको कार्यन्वयकालागि पहल भईरहेको समेत प्रमुख जिल्ला अधिकारी बोहराले बताए । वास्तविक हलिया छुटेको भए समेट्न सकिने समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्यि दलित कल्याण संघका अध्यक्ष कुमार टेलरले बषर्मा १०/१५ जनालाई पुनस्थापन गरेर हलिया पुनस्थापन हुन नसक्ने बताए । सरकारले दलितलाई सौतेलो ब्यबहार गरेको समेत उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै डम्बर बिकले जात,बर्ग र समुदाय बिशेषको लडाई नभएकाले सबैले हलिया मुक्ति समाजलाई सहयोग गर्नु पर्ने बताए । जहिले सम्म नेपाल सरकाले हलिया पुनस्थापना गर्न सक्दै तव सम्म हलिया मुक्तिका लागि लागि पर्ने बताए ।

पुनरा बेदन बारका सचिव शंकर दिप मडैले तिमि पारी म वारी, माया गाडा छ भन्ने जस्तो हलिया समाजको पिडा भए यति बेला आफु चुप लागेर बस्न नसक्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका उपाध्यक्ष योगेन्द्र बलायरले मुक्त हलियाको निश्चत समयमै तथ्याङ्क संकलन गरी पुनस्थापनकालागि पहल गर्न जरुर रहेको बताए । साथै हलिया मुक्तिको सुरुवाती दिन देखि नै डोटीका पत्रकारको महत्वपुर्ण भुमिकारहेकाले हलियाहरुको समस्या संग चिर परिचित रहेको समेत बलायरले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला उपाध्यक्ष दुर्गा ओझाले हलियाको पुनस्थापनका लागि राजनितिदलहरुले पुर्ण सहयोग गर्ने बताए ।

डोटीमा २२ गाबिस र १ नगरपालिका बाट १ हजार अठार जनाले परीचय पत्र पाएको राष्ट्यि हलिया मुक्ति समाज डोटी अध्यक्ष सिता बिकले बताए । २०६५साल भाद्र २१ गते देखि हलिया मुक्तिको घोषणा भए पनि नेपाल सरकारले मुक्त हलियाको पहिलो चरणमा ६२ जना मुक्त हलियाको पुन स्थापनाको काम गरेको अध्यक्ष बिकले बताए । अझै २८ वटा गाविसको तथ्याङ्ग संकलन गर्न बाँकि रहेको उनले बताए । कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान