९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक किलो अवैध सुनसहित दुईजना पक्राउ

१३ श्रावण २०७४, शुक्रबार १३:१२

साउन १३, रौतहट । रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । 

वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट आज करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नं ७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । 

काठमाडौँबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त सुन बरामद भएको उपरीक्षक पोखरेलले बताउनुभयो । 

पक्राउ गरिएको पहेलो धातु नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटले परीक्षण गरेपछि सो धातु सुन नै भएको प्रमाणित गरे पछि उक्त सुन आन्तरिक राजस्व कार्यालय पथलैयालाइ बुझाइएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । 

अभियुक्तहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको टाटा स्पेसिओ गोल्ड गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो