साउन १४, कपिलवस्तु । कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा केहि अविकसित भएता पनि आफैमा प्राचिन मौलिक महत्व बोकेको जिल्ला हो । 

जिल्लाको पुर्वि भाग देखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, कपिलवस्तु । कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा केहि अविकसित भएता पनि आफैमा प्राचिन मौलिक महत्व बोकेको जिल्ला हो । 

जिल्लाको पुर्वि भाग देखि"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तु शिवगढि मन्दिरमा केवुलकार कहिले ?

१४ श्रावण २०७४, शनिबार ११:२८


साउन १४, कपिलवस्तु । कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा केहि अविकसित भएता पनि आफैमा प्राचिन मौलिक महत्व बोकेको जिल्ला हो । 

जिल्लाको पुर्वि भाग देखि पश्चिमि भाग सम्म प्रयटकिय स्थल ले भरिभराउ कपिलवस्तु जिल्ला प्रचार प्रसार र प्रयाप्त स्रोत साधनको अभावमा सधै पछाडि छ । यहाँका प्रयटकिय स्थल लाई सदुपयोग गरी प्रयाप्त प्रयटक लाई भित्राउन सकिने सम्भावना प्रवल छ । 

कपिलवस्तु जिल्ला प्रयटकिय हिसाबले मात्र पनि धेरै हद सम्म सक्षम बन्न सक्छ । प्राचिन कपिलवस्तु नगरी भगवान बुद्धको २५ वर्षे जीवनको क्रिडास्थल, राजा शुद्धोधनको राजधानि शाक्य नगर कपिलवस्तु नगरपालिका १२ स्थित तौलिहवा देखि ३ कि.मि. उत्तर क्षेत्रफल करिव ३५ विगहा सरकारी स्वामित्व रहेको कुरा सबैमा अवगतै छ । 

विदेशि प्रयटन आएर यहाँको माटोको टिका र माटोकै प्रसाद बनाउँछन, तर भगवान गौतम बुद्ध खेलेको स्थल सधै विकट, दुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट को भौतिक संरचना कतै मेटिएर त जाने हैन ? सवैमा चासो बढेको छ । 

यस जिल्लामा  भगवान गौतम बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट क्षेत्र, तौलेश्वर मन्दिर, गौतम बुद्ध सगै सम्वन्धित गोटिहवा लगाएतका प्रसस्त क्षेत्र, विश्व सिमसार क्षेत्र जगदिसपुर ताल, भितरिया मन्दिर, शिउराजका महत्व बोकेका क्षेत्र, उमरी गुफा लगायतका धार्मिक, साँस्कृतिक र प्रयटकिय महत्व बोकेका स्थल कपिलवस्तुमै छन । 


कपिलवस्तुमा अर्को निकै चर्चित प्रयटकिय स्थल शिवगढि मन्दिर पनि छ । त्यसै पनि कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र पुर्वि क्षेत्रको तुलनामा विकट मानिन्छ । कपिलवस्तुको पश्चिमि क्षेत्रमा मात्र नभई पश्चिमि क्षेत्रको पहाडि इलाकामा पर्ने शिवगढि मन्दिर ऐतिहासिक , धार्मिक र प्रयटकिय हिसावको लागि निकै उचित देखिन्छ । 

तर शिवगढि मन्दिरको त्यति प्रचार  प्रसार र विकास हुन नसक्दा अझै पनि मन्दिर प्रयटकिय हिसावले ओझेलमै देखिन्छ । यो मन्दिरको विकास र प्रचार गर्न सके मन्दिर संगै जिल्लाको नाम जोडिएर आर्थिक र प्रयटकिय हिसावले अगाडि आउने देखिन्छ । तर त्यस मन्दिरको राम्रो संग प्रचार प्रसार नगर्दा उक्त मन्दिरको महत्व दिन प्रति दिन ओझेलमा पर्दै गएको छ । शिवगढि मन्दिरमा वर्षै भरी आन्तरीक तथा बाह्य पर्यटकहरु आउने गर्दछन ।

यहाँ विशेष गरी शिवरात्रिको अवसरमा ठुलो मेला लाग्ने गर्दछ, हजारौको संख्यामा दर्शनार्थि यहाँ आउने गर्दछन ।  शिव रात्रिको समयमा यो मन्दिरमा ५ दिन सम्म मेला लाग्ने गर्दछ । 

यस मन्दिरको राम्रो विकास हुन नसक्दा अन्य समयमा भने हिडन गाह्रो हुने भएको हुँदा, त्यति प्रयटक वा दर्शनार्थि मन्दिर जाने गरेको पाईदैन । व्यापारसंघ कपिलवस्तु, लगायतका विभिन्न संघ संस्थाले पछिल्लो समय शिवगढि मन्दिरमा केवलकार को  बारेमा केहि पहल गरे पनि अहिले सम्म मन्दिरमा जाने राम्रो बाटो सम्म छैन । 

कपिलवस्तु जिल्लाको पश्चिमि सिमाना धानखोला बाट करिव डेढ घण्टाको ठाडो पडाडि उकालो हिडे पछि शिवगढि मन्दिरमा पुग्न सकिन्छ । साविक शिवगढि गा.वि.स. अन्तर्गत रमुवादह बाट समेत यस मन्दिरमा पुग्न सकिन्छ । 

धान खोलाको दक्षिण पश्चिम पट्टिको चुरे पहाडको चुचुरोमा यस शिवगढि मन्दिर अवस्थित रहेको छ ।  मन्दिरको केहि तलतिर चौध वर्ष सम्म भगवान शिवको तपस्यमा बसेका बाबाको कुटि पनि रहेको छ । जसलाई मौनि बाबा भनेर पनि चिनिन्छ । 

यहाँ बाट अर्घाखाँचिका केहि गाविस, राप्ति नदि, दाङ जिल्ला र कपिलवस्तुका घना जङगल, फाँटका साथै भारतका केहि स्थान समेत दृश्यावलोकन गर्न सकिन्छ । यहाँ केवुलकारको संगै पर्यटकहरुलाई आकर्षक गर्नको लागि प्याराग्लाइडिंग को पनि राम्रो सम्भावना रहेको छ । तर यहाँका राजनितिदल , संघ संस्था र स्थानिय निकायले चासो न देखाउँदा उक्त मन्दिरको महत्व ओझेलमा पर्दै गएको छ । 

यहि असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानिय निकायको चुनावमा निर्वाचित नव जनप्रतिनिधिहरुले पनि शिवगढि मन्दिरमा केवलकारको लागि पहल गर्ने प्रतिवद्धता गरेका छन । 

यहाँका राजनितिक दल र संघ संस्थाले शिवगढि मन्दिरमा केवलकारको कुरा उठाउँदा स्थानिय निकै हर्षित हुन्छन । यस जिल्ला वासिले मात्र होईन यस मन्दिरको लागि छिमेकि जिल्लाहरु र देश भर लगायत विदेशी प्रयटक लाई समेत केवलकारको खाँचो परेको छ । -अशोक पोख्रेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो