१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

३१ गाबिसमा फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम सम्पन्न

१२ फाल्गुन २०७२, बुधबार ०२:५०

प्रकाश बम/फागुन १२, डोटी । डोटीका ३१ गाबिसमा फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यलय डोटीको आयोजनमा मंगलबार जिल्ला प्रशासन कार्यलयमा बसेको सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराएको हो ।

३१ वटा गाबिसमा ४ सय पैचासि पूरुष र ३ सय पैसट्ठि महिलाले फोटो सहितको मतदाता नामावलि बनाएको र २ हजार जनाको अद्यावधिक समेत बनाएको जिल्ला निर्बाचन कार्यलय डोटीका प्रमुख बासुदेब खनालले बताउनुभयो ।

निर्वाचन कार्यलयले २०७२ साल माघ ८ गते देखि फागुन ५ गते सम्म संकलन गरेको प्रमुखले खनालले बताउनुभयो । छुटेका १९ गाबिसमा पनि कार्यक्रमलाई निरन्तरता दिदै जाने जिल्ला निर्वाचन कार्यलय डोटी जनाएको छ ।

त्यस्तै जिल्लामा क्रियाशिल राजनितिकदलहरुले जिल्ला कार्यसमितिको विवरण,संबिधान सभाको चुनावमा आफ्नो पार्टिले कति मत ल्यायो,जिल्लामा कहिले देखि दल सक्रिय,आय श्रोत लगाएतका निर्वाचन कार्यलयलले मागे अनुसारको बिवरण जिल्ला निर्बाचन कार्यलयमा बुझाई दिन समेत अन्तरक्रिया कार्यक्रममा प्रमुख खनाले अनुरोध गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लाको बस्तु स्थिति हेरेर कार्यक्रम गर्न सुझाव दिएका थिए । साथै मेला, पर्वमा पनि यस्तो कार्यक्रम गर्दा राम्रो हुने सहभागिहरुले बताएका थिए ।

निर्वाचन कार्यलयले सुदुपश्चिम क्षेत्रिय महोत्सवमा स्टल राखेर समेत फोटो सहितको मतदाता नामावली कार्यक्रम गर्ने भएको छ । डोटीमा अहिले सम्म करीव ९६ हजार जनाले मतदाता नामावलि दर्ता गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो