Skip to content
Friday, July 17, 2026 Nepali Online Media

स्यांजामा कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १५, वालिङ | स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ ।

गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको रगतको नमूना र २० जनाको घाँटी (थ्रोट स्वाव) को नमूना संकलन गरेको हो ।

“हामीले यहाँ आउँदा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लागेका केही बिरामीको नमूना संकलन गरेका छौँ”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भन्नुभयो, “संकलन गरिएको नमूनालाई काठमाडौँ पुर्याएर प्रयोगशालामा परीक्षण गरेर दुईदेखि तीन दिनमा रिपोर्ट बाहिर आउने छ ।”

जनस्वास्थ्यको टोलीले नमूना संकलन गर्नुकासाथै समुदायमा पुगेर अन्तरक्रिया गरेको छ । पशुस्वास्थ्यको टोलीले यहाँका सुँगुर, बंगुरको पनि नमूना संकलन गरी परीक्षण गर्ने तयारीमा रहेको बताएको छ ।

यो रोगबाट बच्न खोक्दा हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने जनस्वास्थ्य अधिकृत लामिछानेले बताउनुभयो ।

वालिङ तथा आसपासका बासिन्दा त्रसित भएपछि टोलटोलमा गएर अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्नुकासाथै सर्वसाधारणलाई नआत्तिन र सजग रहन आग्रह गरिएको छ । रासस