साउन १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । 

लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । 

लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची ब"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोक पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध

१५ श्रावण २०७४, आईतवार ०२:५८


साउन १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । 

लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची बजारबाट तिपेनी हुँदै भोताङ जाने सडक पहिरो गएपछि अवरुद्ध भएको हो । 

जिल्लाको लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला शुरु हुनै लाग्दा पाँचपोखरी जानका लागि प्रयोग हुने मेलम्ची–भोेताङ सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । 

हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेला यसपटक चन्द्रग्रहणका कारण मेला सरेको छ । 

यही साउन १९ देखि २४ गतेसम्म मेला सञ्चालन हुने पाँचपोखरी दुप्चाङ युवा क्लबका युवा अध्यक्ष करण लामाले बताउनुभयो । 

वर्षाका कारण पाँचपोखरीसम्म पुग्ने सडकखण्डमा यातायात सञ्चालनमा पहिरोले समस्या हुँदा मेला भर्नका लागि जाने पर्यटकले पैदल हिँड्नुपर्ने अवस्था आएको हो । 

पाँचदिनसम्म लाग्ने मेला भर्नका लागि पाँचपोखरीमा विभिन्न गाउँ र जिल्लाबाट तीर्थालु जाने गर्छन् । इन्द्रावती नदीको मुहान मानिने पाँचपोखरीमा सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्ड गरी पाँचवटा छुट्टाछुट्टै पोखरी रहेका छन् । 

विभिन्न जात र धर्मका भक्तजन आ–आफ्नो संस्कृति र विश्वासअनुरुप पूजाआराधना तथा स्नानका लागि पाँचपोखरी पुग्ने गर्छन् । प्रत्येक बर्खामा हुने अविरल वर्षाका कारण पहिरोले सडक अवरुद्ध गर्ने हुँदा तीर्थस्थलसम्म पुग्ने तीर्थयात्री तथा पर्यटक दुई दिनको समय लगाएर हिँड्न बाध्य हुने गरेका छन् । 

मानेखर्कका शंकर लामा भन्नुहुन्छ, “हरेक बर्खाको समयमा पहिरोको कारण यातायात सञ्चालन नहँुदा धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी जाने तीर्थयात्रु तथा पर्यटकले निकै सास्ती खेप्नु परेको छ ।” 

वर्षाका कारण मेलम्ची–भोेताङ सडकखण्डकोे विभिन्न ठाउँमा गएको पहिराका कारण पाँचपोखरी, थाङ्पाल गाउँपालिकाका गुन्सा, भोताङ, भोटेनाम्लाङ, थाङ्पालधापलगायतका स्थानीयवासी सो क्षेत्रको मुख्य बजार मेलम्चीबाट पाँच–छ घण्टाको बाटो हिँड्न बाध्य रहेको उहाँ बताउनुहुन्छ । 

तिपेनी बजार हुँदै भोताङ पाँचपोखरी जाने सडकको महादेव खोलामा पुल नहुँदा स्थानीयवासी सडकसँगको सम्बन्धविच्छेद झेल्न बाध्य छन् । बर्खायाममा पानीको बहाव बढी हुने हुँदा खोलाबाट कुनै सवारीसाधन आवतजावत गर्न सक्दैनन्् । 

लामा भन्नुहुन्छ हरेक वर्ष पुल अभावको समस्या झेल्दै आएका पाँचपोखरी थाङ्पाल गाउँपालिकाअन्तर्गतका मानेखर्क, गुन्सा, धाप गाउँका बासिन्दा यसपालि पनि उही समस्यासँग जुधिरहेका छन् । 

पुल निर्माणमा सम्बन्धित निकायको चासो नहँुदा र चरम भ्रष्टाचारका कारण पुल नबनेको स्थानीयवासीको आरोप छ । पटकपटक पुल अभावको शिकार बनेका स्थानीयवासीले सम्बन्धित निकायमा गुनासो लैजाँदासमेत सुनुवाइ नभएको पीडा पोखेका छन् । 

पाँचपोखरीमा स्नान गरेपछि पापबाट मुक्ति मिल्ने र पितृकोे स्वर्गमा बास मिल्ने विश्वास राखिन्छ । पाँचपोखरी स्नानसँगै रैथानेश्वर पोखरी र नौलिंगेश्वरमा पनि मेला भर्ने परम्परागत प्रचलन रहेको छ । 

मेलामा तामाङ समुदायका विभिन्न झाँकीले सांस्कृतिक मेला भर्ने गर्छन् । काठमाडौँ उपत्यकालगायत काभ्रे, दोलखा, रामेछाप, सिन्धुलीसमेतका तीर्थयात्री मेलम्ची हुँदै पाँचपोखरी र गोसाइँकुण्ड जाने गर्छन् । 

मेलामा हुने अनैतिक गतिविधि जस्तै लुटपाट, झैझगडा रोक्न र सुरक्षाको प्रत्याभूत दिलाउन प्रहरीले विशेष व्यवस्था मिलाइसकेको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । 

पाँचपोखरी उच्च हिमाली क्षेत्रमा पर्ने हुनाले मेला भर्न जाने पर्यटकलाई लेक लाग्न सक्ने हुँदा लसुन, नून, टिमुर बोकेर जान युवा क्लबका अध्यक्ष लामाले आग्रह गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य