२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बन्द रहेको दिपायल बिमानस्थलको सरसफाई

२०७२, १२ फाल्गुन बुधबार ०४:५५

प्रकाश बम/फागुन १२, डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा आयोजना हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव”लाई लक्षित गर्दै बुधबार बिहान बन्द रहेको बिमानस्थलको सरसफाई गरीएको छ ।

डोटी उद्योग बाणिज्य संघको अगुवाई तथा नेपाली सेना, नेपाल प्रहरी, दि.सि.न.पा,नेपाल वायु सेवा निगम तथा स्थानियलगाएतको सहभागितामा बिमान स्थल सफा गरीएको उद्योग बाणिज्य संघका सदस्य दिपक खड्काले बताए ।

महोत्सवको उद्धघाटनका लागि उद्योग मन्त्रि सोम प्रसाद पाण्डे दिपायल आउने भए पछि बिमानस्थल संचालनमा ल्याउनका लागि सरसफाई गरीएको उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।

एक दशक देखि बन्द रहेको दिपायल विमान स्थल सुचारु हुने खबरले स्थानिय खुसि भएका छन् । तर यस भन्दा पहिले २०६८ साल फागुन १७ गते डोटी महोत्वसको उद्धघाटन गर्न आएका तत्कालिन पर्यटन मन्त्रि लोकेन्द्र बिष्टमगरले एक हप्तामै सुदुर पश्चिममा रहेका विमानस्थल सुचारु गर्ने आश्वासन दिए थिए । विमान स्थल सुधारका लागि ढाई करोड बजेट समेत बिनियोजित भएको छ ।

पछिल्लो समय बन्द रहेको बिमान स्थल सुचारु गर्ने आश्वासन धेरै नेताले दिएको तर सुचारु नियमित हुन नसकेकाले खास्सै बिश्वास लाग्न छोडेको स्थानियहरु बताउछन् ।

फागुन २१ गते देखि ३० गते सम्म दिपायलको पिपल्ला बजारमा हुन लागेको महोत्वबको अवसर छोपेर दुई दिनका लागि यति एयर लाईन्सको उडान भर्ने अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला