३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बन्द रहेको दिपायल बिमानस्थलको सरसफाई

१२ फाल्गुन २०७२, बुधबार ०४:५५

प्रकाश बम/फागुन १२, डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा आयोजना हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव”लाई लक्षित गर्दै बुधबार बिहान बन्द रहेको बिमानस्थलको सरसफाई गरीएको छ ।

डोटी उद्योग बाणिज्य संघको अगुवाई तथा नेपाली सेना, नेपाल प्रहरी, दि.सि.न.पा,नेपाल वायु सेवा निगम तथा स्थानियलगाएतको सहभागितामा बिमान स्थल सफा गरीएको उद्योग बाणिज्य संघका सदस्य दिपक खड्काले बताए ।

महोत्सवको उद्धघाटनका लागि उद्योग मन्त्रि सोम प्रसाद पाण्डे दिपायल आउने भए पछि बिमानस्थल संचालनमा ल्याउनका लागि सरसफाई गरीएको उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।

एक दशक देखि बन्द रहेको दिपायल विमान स्थल सुचारु हुने खबरले स्थानिय खुसि भएका छन् । तर यस भन्दा पहिले २०६८ साल फागुन १७ गते डोटी महोत्वसको उद्धघाटन गर्न आएका तत्कालिन पर्यटन मन्त्रि लोकेन्द्र बिष्टमगरले एक हप्तामै सुदुर पश्चिममा रहेका विमानस्थल सुचारु गर्ने आश्वासन दिए थिए । विमान स्थल सुधारका लागि ढाई करोड बजेट समेत बिनियोजित भएको छ ।

पछिल्लो समय बन्द रहेको बिमान स्थल सुचारु गर्ने आश्वासन धेरै नेताले दिएको तर सुचारु नियमित हुन नसकेकाले खास्सै बिश्वास लाग्न छोडेको स्थानियहरु बताउछन् ।

फागुन २१ गते देखि ३० गते सम्म दिपायलको पिपल्ला बजारमा हुन लागेको महोत्वबको अवसर छोपेर दुई दिनका लागि यति एयर लाईन्सको उडान भर्ने अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली