पर्वत । पर्वत रसाउन १७ मा हुने जिल्ला समन्वय समिति पर्वतको निर्वाचनका लागि नेकपा(एमाले) र नेपाली कांग्रेस पर्वतले उम्मेदवार दर्ता गराएका छन् ।

नेकपा(एमाले) र नेपाली कांग्रेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत रसाउन १७ मा हुने जिल्ला समन्वय समिति पर्वतको निर्वाचनका लागि नेकपा(एमाले) र नेपाली कांग्रेस पर्वतले उम्मेदवार दर्ता गराएका छन् ।

नेकपा(एमाले) र नेपाली कांग्रेस"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला समन्वय समितिको चुनाव भोली

२०७४, १५ श्रावण आईतवार ०५:२४

पर्वत । पर्वत रसाउन १७ मा हुने जिल्ला समन्वय समिति पर्वतको निर्वाचनका लागि नेकपा(एमाले) र नेपाली कांग्रेस पर्वतले उम्मेदवार दर्ता गराएका छन् ।

नेकपा(एमाले) र नेपाली कांग्रेसले संयोजक, सहसंयोजक सहित सबै सदस्य पदमा उमेदवारी दर्ता गराएका हुन् । उम्मेदवारमा एमालेले जिल्ला समन्वय समितिको संयोजकमा प्रदेश कमिटीका सदस्य तथा दलित नेता मनोहर बिश्वकर्मा पौडेल र सह संयोजकमा पार्टीकी जिल्ला सदस्य तथा पैञ्यु गाउँपालिकाकी सदस्य यामकुमारी रानाले उम्मेदवारी दिएका छन् ।

यसैगरी सदस्यहरुमा कुश्मा नगरपालिका ६ का ज्ञानबहादुर भण्डारी, महाशिला गाउँपालिका १ का बिष्णुराम बिक, फलेवास नगरपालिका ठानामौलाकी कबिता बिक, मोदी गाउँपालिका ६ तिलाहारका नन्दलाल सुबेदी, जलजला गाउँपालिका लेखफाँटका ओमप्रसाद         रेग्मी, विहादी गाउँपालिका रानीपानीकी बिष्णुमाया पौडेल र पैञ्यु गाउँपालिका हुवासकी शर्मिला नेपालीले उम्मेदवारी दिएका हुन । एमालेबाट जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्नका लागि संयोजक सह संयोजक सहित ९ जना उम्मेदवार मध्ये संयोजक सहित ४ जना दलित समुदायका उम्मेदवारहरु रहेका छन् ।

नेपाली कांग्रेसबाट संयोजकमा कुश्मा नगरपालिका ७ का परशुराम पुरी, सह संयोजकमा कुश्मा नगरपालिका ५ की लालकुमारी सिकेले उमेदवारी दिएका छन् ।

यसैगरी सदस्य पदमा कालीभक्त शर्मा ( खुर्कोट), हरिबहादुर कार्की(माझफाँट) हरिमाया गुरुङ्ग(धाइरिङ्ग), लक्ष्मी आचार्य(बाच्छा),निर्मलाकुमारी शर्मा(शंकरपोखरी), मायाकुमारी शर्मा(धाइरिङ्ग) र खैसरा दर्जी(बर्राचौर) ले उमेदवारी दर्ता गरेका छन । पार्टीले सबै पदमा उमेदवारी दर्ता गराएका हुन । 

उम्मेदवारी दर्ताका क्रममा नेपाली कांग्रेसले केही नेता कार्यकर्ता सहित उपस्थित भएर दर्ता गराएको थियो भने एमालेले जिल्ला स्तरीय नेता, कार्यकर्ता, विभिन्न तहका निर्वा्चित पदाधिकारी सहित ¥याली नै गरेर उम्मेदवारी दर्ता गराएको हो । जिल्ला समन्वय समितिमा नेकपा(एमाले)को एकल बहुमत छ । एमालेका उमेदवारहरु नै निर्वा्चित हुने संभावना भएका कारण नेपाली कांग्रेसले लोप्रोफाइलका नेतालाई समन्वय समितिको प्रमुखमा उमेदवार बनाएको कांग्रेसका एक जिल्ला नेताले बताए ।जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहका अध्यक्ष र उपाध्यक्षले मात्र मत हाल्न पाउने ब्यबस्था छ । पर्वतका २ नगरपालिका प्रमुख र उपप्रमुख तथा ५ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी १४ जनाले मतदान गर्नेछन् । जसमध्ये एमालेको पक्षमा आठ मत छन् भने नेपाली कांग्रेसका ६ मत छन् । यसरी हेर्दा एमालेको पक्षमा स्पष्ट बहुमत देखिएको छ । पर्वतमा जिल्ला समन्वय निर्वाचन साउन १७ मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य दलहरुले भने समर्थन जुटाउन असमर्थ रहेका कारण उम्मेदवारी दर्ता गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै