साउन १५, नुवाकोट । नुवाकोटको बट्टार बसर्पाक आजदेखि पुनःव्यवस्थित रुपमा सञ्चालनमा आएको छ । 

एसियाली विकास बैँक (एडिबी)को सहयोगमा शहरी तथा वातावरणी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, नुवाकोट । नुवाकोटको बट्टार बसर्पाक आजदेखि पुनःव्यवस्थित रुपमा सञ्चालनमा आएको छ । 

एसियाली विकास बैँक (एडिबी)को सहयोगमा शहरी तथा वातावरणी"/>

2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको बट्टार बसपार्क व्यवस्थित रुपमा सञ्चालनमा आयो


साउन १५, नुवाकोट । नुवाकोटको बट्टार बसर्पाक आजदेखि पुनःव्यवस्थित रुपमा सञ्चालनमा आएको छ । 

एसियाली विकास बैँक (एडिबी)को सहयोगमा शहरी तथा वातावरणीय सुधार परियोजनाले सातवर्ष अघि रु एक करोड ८७ लाखको लगानीमा निर्माण गरेको सो बसर्पाक आजदेखि सञ्चालनमा ल्याइएको हो । 

बसपार्क निर्माण भएर पनि पार्किङस्थलमा सवारीसाधन नजादा दुरुपयोग भएकाले सो पार्कमा सवारी साधन अनिवार्य प्रवेश गर्नुपर्ने व्यवस्था गरी सञ्चालनमा ल्याइएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । 

यही साउन पहिलो साता बसेको जिल्लाको यातायात क्षेत्रका सरोकारवालाको बैठकले पार्कभित्र अनिवार्य रुपमा सवारी साधनको प्रवेश, टिकट काउन्टर, विदुर र बट्टारमा यात्रुलाई चढाउन र ओराल्न मात्र पाउने र त्यसको लागि बढीमा पाँच मिनेट मात्र रोक्न पाइने नियम बनाइएको थियो । 

बसपार्क सञ्चालनको एक वर्षको लागि कम्तीमा रु ११ लाख आम्दानी हुनेगरी बोलपत्र आह्वान गर्ने र ठेक्का प्रक्रिया पूरा नभएसम्मका लागि यातायात व्यवसायीले एकमुष्ट हुनआउने रकम नगरपालिकालाई बुझाउने सहमतिको भएको थियो। 

नगरपालिकाले सुरक्षा व्यवस्थापन, खानेपानी, शौचालय, आवास तथा कार्यालय सञ्चालन गृहलगायतका भौतिक संरचनाको निर्माण पूरा भइसकेको नगरपालिकाको कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले जनकारी दिनुभयो । 

विसं.२०६८ मा निर्माण भए पनि २०७१ असार १ गतेदेखि सञ्चालनमा आएको बसपार्कमा सवारी साधनले प्रयोग गरेबापत प्रतिदिन लामो दुरीका बसले रु ३०, माइक्रोबस र स्थानीय मार्गमा सञ्चालन हुने मिनी बसले रु २५ कर तिर्नुपर्दछ । 

स्थानीय ४३ जना जग्गाधनीले निःशुल्क रुपमा उपलब्ध गराएको ३५ रोपनी जग्गामा निर्माण गरिएको बसपार्क सञ्चालनले बजार क्षेत्रमा यातायात व्यवस्थापन प्रभावकारी, दुर्घटना न्यूनीकरण, सवारी साधनको व्यवस्थित सञ्चालन, यात्रु वर्गलाई टिकट खरिदलागयतका सविधा हुने विश्वास लिइएको छ । रामहरि न्यौपाने/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई