2026-09-18 09:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराको बडीमालिका नगरमा आठ कार्यविधि पारित

साउन १५, बाजुरा । दोस्रो चरणको स्थानीय निकायको निर्वाचन सकिएको एक महिनापछि बडीमालिका नगरपालिकामा बसेको पहिलो बैठकले २० वठा निर्णय गरेको बडीमालिका नगरपालिकाको कार्यालयले जनाएको छ । 

शनिबार बसेको बैठकले आठ कार्यविधि र नियमावली पारित गरेको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले जानकारी दिनुभयो । नगरको विकासका लागि प्रस्तुत प्रस्तावलाई बैठकले पारित गरेको हो । बैठकले मतदाता निर्वाचन कार्यमा सहयोग गर्नेहरुमा धन्यवाद ज्ञापन गरिएको बडीमालिका नगरपालिका कार्यकारी अधिकृत त्रिलोक चन्दले जानकारी दिनुभएको छ । 

पहिलो बैठकले आठ कार्यविधिमध्ये बडीमालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली, बैठक कार्य सञ्चालन कार्यविधि, नगरसभा सञ्चालन कार्यविधि, नगरपालिका पदाधिकारी आचारसंहिता र आदेश अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली २०७४ पारित गरेको नगरप्रमुख पदम बडुवालले बताउनुभयो । 

बैठकबाट नगरसमिति गठन गर्ने र संयोजक तोक्ने निर्णय गरिएको छ । नगरपालिकाका प्रत्येक वडामा वडा कार्यालय स्थापना गर्ने, विषयगत शाखा कार्यालय खोल्ने, काठेपुल, दैवीप्रकोप राहत तथा विविध, नगर, वडा र केन्द्रसँगको सडक सञ्जाल विस्तार योजना, बिपी जीवनस्तर सुधार कार्यक्रम, युगानुकूल शिक्षा, मोबाइल स्वास्थ्य कार्यक्रम, समाज सुधार कार्यक्रम, सफा नगरी कार्यक्रम, जनमैत्री प्रशासन जनताको शासन कार्यक्रम र गन्तव्य बडीमालिका योजना पारित गरिएको हो । 

बैठकले छ सदस्यीय विभिन्न उपसमिति पनि गठन गरेको छ जसमा सार्वजनिक सेवा तथा क्षमता विकास समितिमा कर्ण बोगटी, आर्थिक विकास समिति जीत नेपाली, सामाजिक विकास समिति कविता विष्ट, पूर्वाधार विकास समिति जयन्ती हमाल, वातावरण विपद् व्यवस्थापन समिति जमना रावल र विधेयक समितिमा हर्क ल्वार रहनुभएको छ । 

नगरपालिकाको पहिलो बैठकमा नै नेकपा (एमाले)का निर्वाचित पदाधिकारीले केही बुँदामा असहमति जनाएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई