९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

म्याद नाघेका खाद्य पदार्थ र कम तौलको चामल बीक्री गर्ने ब्यापारीलाई कारवाही गरिने

१५ श्रावण २०७४, आईतवार १५:२१

साउन १५, मकवानपुर | म्याद नाघेका खाद्यय पदार्थ र तोकिए भन्दा कम तौलका चामलका बोरा बीक्री गर्ने हेटौडा ४ स्कुलरोडका ब्यापारी हिरालाल साहलाई प्रशाशनले कार्बाही गर्ने भएको छ । 

खाद्ययपदार्थमा उपभोक्ता ठगि गरेको आरोपमा कार्बाही प्रकृया अगाढी बढाइएको हो । म्याद नाघेका खाद्ययपदार्थ कुनैपनि ब्यापारीले बिक्री गर्न नपाउने र तोकिए भन्दा कम तौलका सामाग्री बिक्री गर्नेलाई कानुन अनुसार कार्बाही गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले बताउनुभयो । म्याद नाघेका सामानको मुजुल्का उठाएर खाध्यप्रबिधीले मुद्धा चलाउने र तोकिएभन्दा कम तौलका सामानमा घरेलु तथा साना उद्योग कार्यालयले मुद्धा लिएर आउने बितीकै त्यस अुनसार कार्बाही गरिने प्रजिअ दुवाडीले बताउनुभयो । 

क्षेत्रिय खाद्यय प्रबिधी तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा बजार अनुगमन गर्ने क्रममा स्कुलरोडका हिरालाल साहको पहिलो फ्ल्याटमा रहेको हिरालाल ईन्टरप्राईजेज र माथील्लो तलामा रहेको घर संचार नामक पसलमा थुप्रै म्याद नाघेका खाद्यान्नका सामान र कम तौलका चामलका बोराहरु फेला पारिएको थियो । तौल गरिएका अधिकांश ब्राण्डका चामलका बोरामा तोकिएको भन्दा कम तौलका सामानहरु फेला पारिएको थियो । त्यसैगरी माथील्लो तलामा रहेको घर संचार पसलमा म्यान नाघेका घेरै सामानहरु बरामद गरेर नष्ट गरिएको थियो । 

म्याद नाघेका खाद्यय पदार्थमा भाई मसला , चकलेट, डेरि मिल्क, मखन, तेल, बेसन बरामद गरेर नष्ट गरिएको थियो । त्यसैगरी हिरालाल साहकै किराना पसमा बिक्रीका लागि राखिएका अधिकांश चामलका बोरामा लेखिएको तौल भन्दा कम तौलका पाइएको छ । चामलका बोरा तौल गर्दा अधिकांशमा कम तौल भएको पाइएको उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले बताउनुभयो । अधिकांश ब्राण्डका चामलहरु कम तौलका पाइएको र उपभोक्तालाई ठगि गरिरहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो