प्रकाश धौलाकोटी । मंसिर ७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ–बसन्तपुर सडक खण्ड अन्तर्गत काँडे जिरो प्वाइन्टमा स्थानीय एक समाजसेवीले यात्रुहरुको सुविधाका लागि बिसौनी चौतारो निर्माण गरिदिएका छन् ।
लालीगुराँस नगरपालिका–११ साविक सोल्मा बस्ने तोर्ण बहादुर लावतीले यात्रुहरुको सुविधालाई लक्षित गर्दै आफ्ना स्व. बुवाआमा आसबहादुर र पुन्यमायाको स्मृतिमा चौतारो निर्माण गरिदिएपछि यहाँबाट आवतजावत गर्ने यात्रुहरुलाई सहज भएको छ । लावतीले ६० हजार रुपैयाँमा चौतारी निर्माण गरिदिएपछि काँडेको तल्लो भेग सँगै सोल्मा र म्याङलुङको तल्लो भेगका बासिन्दालाई सवारी चढ्नका लागि कुरेर बस्न सजिलो भएको हो ।