२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

शिबरात्रि पर्वमा महोत्सव हेर्ने दर्शक बढ्ने

२३ फाल्गुन २०७२, आईतवार १४:३२

प्रकाश बम/ फागुन २३,डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा शुक्रबारदेखि सुरु भएको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा सोमबारका दिन बिशरात्रि पर्व परेकाले दर्शको सङ्ख्या उल्लेख्य बढ्ने आयोजकले अनुमान गरेको छ ।

सोमबार महोत्सवमा १० हजार देखि १५ हजार दर्शकले अवलोकन गर्ने उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का जानकारी दिनु भयो । शिबरात्रि पर्व नजिकिदै गर्दा दिपायल लगायत देशैभरीका शिवालयहरुमा साधु सन्त तथा भक्तजनहरुको भिड लाग्न थालेको छ । सोमबार पर्वका लागि डोटीका बिभिन्न शिवमन्दिरहरुमा सरसफाई गरीएको छ ।
doti news
त्यस्तै भक्तजन र महोत्सव हेर्नआउने दर्शकहरुको शुरक्षाका लागि शुरक्षा व्यवस्थापनमा पनि व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक हिम बहादुर लामाले जानकारी दिनुभएको छ । सोमबार पर्वका लागि देशैभरीका बिभिन्न शिवालयहरुमा पुर्वतयारी गरीएका छन । सोमबार चर्चिच लोक गायक बद्रि पंगेनी, देउडा गाएक भुवन दाहाल,सुर्य बिरही साउँद, कल्पना बि.सि.,अन्जलि अधिकारी लगाएतको बेजोड प्रस्तुति रहने डोटी उद्योग बाणिज्य संघका सदस्य दिपक खड्का बताउनु भयो । शुक्रबार देखि शुरु भएको महोत्सव फागुन ३० गते सम्म चल्ने उद्योग बाणिज्य संघ डोटीले जनाएको छ ।

यस्तै उता, देश तथा विदेशबाट आएका साधु, जोगी, बाबाजी लगायत आउने क्रम जारी रहेको पशुपती क्षेत्रविकास कोषले जनाएको छ । मेला भर्न भारतका दिल्ली, हरियाणा, पन्जाब, वृन्दावन लगायत स्थानबाट साधुसन्त आइरहेका जनाइएको छ । बिगु बाबा समेत शिवरात्रिमा सहभागी हुन नेपाल आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य