2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

शिबरात्रि पर्वमा महोत्सव हेर्ने दर्शक बढ्ने

प्रकाश बम/ फागुन २३,डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा शुक्रबारदेखि सुरु भएको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा सोमबारका दिन बिशरात्रि पर्व परेकाले दर्शको सङ्ख्या उल्लेख्य बढ्ने आयोजकले अनुमान गरेको छ ।

सोमबार महोत्सवमा १० हजार देखि १५ हजार दर्शकले अवलोकन गर्ने उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का जानकारी दिनु भयो । शिबरात्रि पर्व नजिकिदै गर्दा दिपायल लगायत देशैभरीका शिवालयहरुमा साधु सन्त तथा भक्तजनहरुको भिड लाग्न थालेको छ । सोमबार पर्वका लागि डोटीका बिभिन्न शिवमन्दिरहरुमा सरसफाई गरीएको छ ।
doti news
त्यस्तै भक्तजन र महोत्सव हेर्नआउने दर्शकहरुको शुरक्षाका लागि शुरक्षा व्यवस्थापनमा पनि व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक हिम बहादुर लामाले जानकारी दिनुभएको छ । सोमबार पर्वका लागि देशैभरीका बिभिन्न शिवालयहरुमा पुर्वतयारी गरीएका छन । सोमबार चर्चिच लोक गायक बद्रि पंगेनी, देउडा गाएक भुवन दाहाल,सुर्य बिरही साउँद, कल्पना बि.सि.,अन्जलि अधिकारी लगाएतको बेजोड प्रस्तुति रहने डोटी उद्योग बाणिज्य संघका सदस्य दिपक खड्का बताउनु भयो । शुक्रबार देखि शुरु भएको महोत्सव फागुन ३० गते सम्म चल्ने उद्योग बाणिज्य संघ डोटीले जनाएको छ ।

यस्तै उता, देश तथा विदेशबाट आएका साधु, जोगी, बाबाजी लगायत आउने क्रम जारी रहेको पशुपती क्षेत्रविकास कोषले जनाएको छ । मेला भर्न भारतका दिल्ली, हरियाणा, पन्जाब, वृन्दावन लगायत स्थानबाट साधुसन्त आइरहेका जनाइएको छ । बिगु बाबा समेत शिवरात्रिमा सहभागी हुन नेपाल आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई