Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी कार्यालयनजिकै युवकमाथि खुकुरी प्रहार

२०८१, ५ चैत्र मंगलवार १८:०९

दाङ | दाङमा मंगलबार दिउँसो तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।

तुलसीपुर उपमहानगरपालिका – १८ का १८ वर्षीय एक युवकमाथि दुई जना अपरिचित युवाले खुकुरी प्रहार गरी फरार भएका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार खुकुरी प्रहारबाट ती युवकको ढाडमा गहिरो घाउ खत लागेको छ।

घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्सिङ होम नेपालगञ्ज बाँकेका लागि रिफर गरिएको छ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–५ गोदाम घर नजिकै पसलमा बसेको समयमा उनीमाथि अपरिचित दुई युवाले खुकुरी प्रहार गरी भागेका थिए।

घटनास्थल इप्रका तुलसीपुरको पूर्व ठिक १०० मिटरको दुरीमा छ। उनीमाथि दिउँसो २ बजेतिर खुकुरी प्रहार भएको थियो।

प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार फेसबुक म्यासेन्जरमा भएको पुरानो विवाद र रिसइबीका कारण ती युवकमाथि खुकुरी प्रहारको घटना भएको भन्ने खुलेको बताए।

एक जनाले विवाद मिलाइदिन्छु भनेर ती युवकलाई तुलसीपुर बजारमा बोलाएको र पसलमा सँगै बसेर नास्ता खान भनेर गएको समयमा खुकुरी प्रहारको घटना भएको उनले बताए।

प्रहरी निरीक्षक खत्रीका अनुसार खुकुरी प्रहार घटनामा संलग्न दुबै युवक तुलसीपुर बजारकै हुन्।

खुकुरी प्रहारमा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले बताएको छ। प्रहरीले घाइते युवकको भने नाम खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश