साउन १६, बर्दिया । कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्रीले ५ वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गरी राजापुर क्षेत्रका स्थानीयवासीलाई नदी कटान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, बर्दिया । कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्रीले ५ वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गरी राजापुर क्षेत्रका स्थानीयवासीलाई नदी कटान"/>
2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कर्णाली नदी नियन्त्रण आयोजनाको चालीस प्रतिशत काम पूरा

साउन १६, बर्दिया । कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्रीले ५ वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गरी राजापुर क्षेत्रका स्थानीयवासीलाई नदी कटान र डुबानबाट जोगाउने लक्ष्य लिएको कर्णाली नदी व्यवस्थापन आयोजनाअन्तर्गत हालसम्म १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएको बताउनुभयो । 

आयोजना प्रमुख खत्रीले रु २७ करोडको लगानीमा हालसम्म १८ किलोमिटर तटबन्ध निर्माणको टेन्डर भएकामा १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएका जानकारी दिनुभयो । 

कर्णाली नदी नियन्त्रण आयोजनाका लागि अर्थ मन्त्रालयबाट वार्षिक रु दुई अर्ब रुपैयाँ उपलब्ध गराउने भनिए पनि बर्षेनी रु ३० करोड जति मात्र रकम आउने गरेकाले लक्ष्यअनुरुप आयोजनाले गति लिन नसकेको बताइएको छ । 

आयोजना प्रमुख खत्रीका अनुसार वार्षिक रु ६० करोड जति रकम अर्थ मन्त्रालयबाट निकासा भए अझै प्रभावकारी र सशक्त रुपमा आयोजनाले गति लिनेछ । २०७१ सालदेखि शुरु भएको कर्णाली नदी व्यवस्थापन आयोजनाले तीन वर्षमा ४० प्रतिशत काम पूरा गरेको बताउँदै आयोजना प्रमुख खत्रीले अब बाँकी २ वर्षमा ६० प्रतिशत काम सम्पन्न हुन गाह्रो रहेको उल्लेख गर्नुभयो । 

कर्णाली नदी नियन्त्रण आयोजनाअन्तर्गत कर्णाली नदीको बाढी आउन सक्ने सम्भावित क्षेत्र गेरुवा गाउँपालिकाको वनघुस्रा, सनकट्टी र गुप्तीपुर तथा राजापुर नगरपालिकाको टिहुनी, नङ्गापुर, अनन्तपुर, सत्ती घाट र तिघ्रामा गरी १२ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ । 

पाँच वर्षीय गुरुयोजनाअनुसार रु ११ अर्ब लागतमा ४३ किलोमिटर स्थायी तटबन्ध निर्माण गरी वैज्ञानिक ढंगबाट गेरुवा र कर्णाली नदीलाई नियन्त्रण गर्ने कर्णाली नदी नियन्त्रण आयोजनाले बर्षेनी हुने भौतिक तथा मानवीय क्षति हटाई नदी कटान र डुबानको चपेटाबाट राजापुर क्षेत्रका बासिन्दामाथि पर्दै आएको प्राकृतिक प्रकोपको क्षति कम गरिरहेको आयोजनाका सिनियर डिभिजन इञ्जिनियर बरुणकुमार कर्णले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई