2026-09-20 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पानीमै किन उतारियो सुनिता चढेर आएको अन्तरिक्ष यान ?

काठमाडौँ | २८६ दिनपछि नासाका अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र ब्यारी बुच विल्मोर पृथ्वीमा फर्किएका छन् ।

मार्च १८ मा सुनिता र विल्मोरसहति अन्य दुई सहकर्मी सवार स्पेसएक्स क्याप्सुल अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट निस्किएको हो । बिहान साढे १० बजेपछि आईएसएसबाट अलग भएको क्रु–९ क्याप्सुल १७ घण्टाको यात्रा तय गर्दै बुधबार बिहान करिब साढे ३ बजे फ्लोरिडाको तटमा अवतरित भयो । आईएसएसबाट छुट्टिएर ४ हजार ५७६ पटक पृथ्वीको परिक्रमा गर्दै यानले पृथ्विमा अवतरण गरेको हो । अन्तरिक्षयान जमिनमा नभएर समुन्द्रमा अवतरण गराइएको थियो जसलाई स्प्लासडाउन भनिन्छ ।

अन्तरिक्षबाट पृथ्वीमा फर्किएका यात्रु चढेको सो यानलाई समुन्द्रमा अवतरण गराइएको थियो । अन्तरिक्षबाट पृथ्वीमा फर्कने क्रममा यान तिब्र गतिमा आउने हुनाले यानलाई प्यारासुटको मद्दतबाट पानीमा अवतरण गराउनु सामान्य तरिका हो । तिब्र गतिमा आएको यानको गतिलाई नियन्त्रण गर्नका लागि पानीमा अवतरण गराउने गरिन्छ ।
पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा यानको रफ्तार प्रतिघन्टा २७ हजार ३५८ किमि हुने र यतिबेला हावाका कणसँग रगडिने हुनाले यानको वरपिरकिो तापक्रम २ हजार डिग्री सेल्सियससम्म पुग्ने भएपनि यानमा हिट शिल्ड राखिनुले अन्तरिक्ष यात्रीलाई कुनै क्षति पुराउँदैन ।

स्प्लासडाउनको समयमा यानसँग सुरक्षित गतिमा पुग्न पर्याप्त समय हुँदैन । त्यसैले अन्तरिक्ष एजेन्सीहरूले अन्तरिक्षयानलाई सुरक्षित रूपमा अवतरण गर्न अन्य तरिकाहरू अपनाउँछन् । नासाले अन्तरिक्षयानको गति कम गर्न र चालक दलको सुरक्षित अवतरण सुनिश्चित गर्न प्यारासुट प्रयोग गर्ने गर्दछ ।

ओरियन अन्तरिक्ष यानको प्यारासुट प्रणालीमा ११ वटा प्यारासुटहरू छन् जुन ९ हजार फिटको उचाइमा र १३० माइल प्रतिघण्टाको गतिमा खुल्छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार मुख्य प्यारासुटले अन्तरिक्ष यानलाई १७ माइल प्रतिघण्टाको गतिमा तल ल्याउँछ । प्यारासुटको मद्दतमा पनि जमिनको सतहमा अवतरण गराउनु खतरनाक हुने भएकाले स्प्लासडाउनको चलन शुरु भएको हो । नासाको मर्करी, जेम्नी, अपोलो मिशन र स्पेश एक्सको क्रु ड्र्यागन मिशन लगायत मान्छे बोकेको अन्तरिक्ष मिशनमा यानको अवतरण गर्न स्प्लासडाउन प्रयोग हुँदै आएको छ ।

किन रुचाइँदैन जमिनमा अवतरण ?
पानीमा चिपचिपापन कम हुने भएकोले चट्टानको तुलनामा पानीमा घनत्व कम हुने र यान अवतरणको लागि उपयुक्त स्थानसमेत हुन्छ । जमिनको सतह असमान हुने, सुख्खा जमिनमा अवतरण गर्नु खतरनाक हुने र यात्रीको लागि पनि असहज हुने भएकाले जमिनमा अवतरण गर्ने गरिदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो