2026-09-11 09:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीमा अर्काको नाममा एसइई दिने विद्यार्थी पक्राउ

रुपन्देही । रूपन्देहीको भैरहवास्थित लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा संचालित एसइई परीक्षामा अरुको नाममा परीक्षा दिएका विद्यार्थी पक्राउ परेका छन् । निरीक्षणका क्रममा नक्कली विद्यार्थी फेला परेपछि पक्राउ परेका हुन् ।

एसइई उत्तीर्ण भइसकेका ओमसतिया ८ का आशिष बनियाले सोही स्थानका सन्जय चौधरीको नाममा परीक्षा दिन आएको सिद्धार्थ नगरनगरपालिका वडा नं ८ मा रहेको लीलाराम न्यौपाने माविका परीक्षा निरीक्षक अब्दुल रहमान खानले बताए ।

सन्जय चौधरी विद्यार्थी सु—संस्कृत माविका विद्यार्थी हुन् उनको नाममा परीक्षा दिन आएका बनिया गतसाल पास भएका अहिले ११ कक्षामा तिलोत्तमास्थित शान्तिनमुना माविमा अध्ययन गरिरहेको परीक्षा निरीक्षक अब्दुल रहमान खानले बताए ।

उसको परीक्षा पनि रद्द हुने र परीक्षा दिने र गराउनेलाई कानुनअनुसार कारबाही हुने खानले बताए । लीलाराम न्यौपाने माध्यमिक विद्यालयका केन्द्राध्यक्ष रुपकुमार रायमाझीले खोजतलासका क्रममा नक्कली विद्यार्थी ठहर भएको बताए । आवश्यक कारबाहीका लागि रास्ट्रिय परिक्षा केन्द्र र जिल्ला प्रहरीलाई जानकारी गराइएको हाल नक्कली विद्यार्थी प्रहरीले पक्राउ गरेको रायमाझीले बताए ।

नक्कली परीक्षा दिने विद्यार्थी आसिस बनिया हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नियन्त्रणमा रहेका छन् । उनलाई शिक्षा ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । जिल्ला शिक्षा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले एकजना नक्कली परीक्षार्थी भेटिएको र रूपन्देही जिल्लाका अन्यत्र स्थानमा शान्तिपूर्ण ढङ्गले परीक्षा चलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस