साउन १६, नुवाकोट । नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

नुवाकोटलाई काठमाडौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १६, नुवाकोट । नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

नुवाकोटलाई काठमाडौ"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

छहरे–टोखा सडक अवरुद्ध, सडक खुलाउन नेपाली सेना र प्रहरी परिचालन

१६ श्रावण २०७४, सोमबार ०९:३५


साउन १६, नुवाकोट । नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडक छहरे टोखा सडक खण्डअन्तर्गतको गुर्जेभञ्ज्याङस्थित नेपाली सेनाको चेकजाँचनजिकै डाँडो भासिएर सडकमा खसेको हो । गएरातिदेखि अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको छ । 

अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालयका स्काभेटरले हटाउन शुरु गरेपछि निरन्तर पहिरो खसिरहेका कारण खुलाउन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहित विसुरालले बताउनुभयो । सडक खुलाउन नेपाली सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । 

सडक अवरुद्ध भएका कारण काठमाडौँबाट नुवाकोटतर्फ गइरहेका तथा नुवाकोटबाट काठमाडौँं आइरहेका सवारीसाधन अलपत्र परेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो