११ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठाकुरराम क्याम्पसको मतगणना रोकियो, विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन

७ चैत्र २०८१, बिहीबार १७:५१

वीरगन्ज | सिलबन्दी नम्बर मेल नखाएपछि उत्पन्न विवादका कारण वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ ।

जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

मंगलबार मतदान सकिएलगत्तै निर्वाचन समितिले मतपेटिका सिल गरेर मुचुल्का उठाउने क्रममा उम्मेदवारका प्रतिनिधिहरूलाई सिलबन्दी नम्बर दिएको थियो ।

तर बिहीबार दिउँसो मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधिसँग रहेको सिलबन्दी नम्बर र मतपेटिकामा रहेको सिलबन्दी नम्बर मेल नखाएपछि विवाद उत्पन्न भएको थियो ।

यसरी सिलबन्दी नम्बर नै फरक परेपछि मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधिहरूले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

मतगणना अवरुद्ध हुनुअघि निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सभापति पदमा राजकुमार यादव अग्रस्थानमा छन् । उनले ४ सय २० मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन् भने सुधीर पटेल समूहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौँ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ महिना अन्तरिक्षमा बसेर फर्किएकी सुनिताले कति पैसा पाउँछिन् ? सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ट्रम्प प्रशासनको नयाँ कदमले अमेरिकामा रहेका विदेशीलाई अर्को झड्का अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी एसईईमा शिक्षकले नै ग्रुप बनाएर चिट चोराएपछि… बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्युपछि तनाव घरमा बाल्न भन्दै काठमाडौँको सडकबाट ‘बल्ब’ चोरेपछि… भेटी टिप्ने क्रममै विवाद भएपछि राईको हत्या नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने, अमेरिकाले फेरि दियो अनुमति लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग कानुन उल्लंघन गर्नेमाथि कठोर बन्दै साउदी सरकार : एक हप्तामा २५ हजार अवैध आप्रवासी पक्राउ अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु, १५ घाइते करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु सुशान्तको मृत्यु प्रकरण: सीबीआईले बुझायो अन्तिम प्रतिवेदन काठमाडौँमा बसले किच्दा एक व्यक्तिको मृत्यु बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो नाउपाको बैठकमा सीके राउतको सम्बोधन, रेशम र रञ्जिताबारे के भने ?