2026-09-20 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना

काठमाडौँ | आज शुक्रबार रातिदेखि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार आज चैत ८ गते राति देशैभरिका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। देशैभरिका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। तराईको हकमा कोसी र मधेस प्रदेशमा मात्रै यस्तो सम्भावना छ।

यस्तै चैत ९ गते पनि देशैभरिका हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना छ। देशैभरिका पहाड र तराईका कतिपय ठाउँमा हल्का वर्षा हुने देखिन्छ।

महाशाखाका अनुसार चैत १० गते भने कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्रसहित मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने  देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो