2026-08-22 12:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा मासुका लागि जिउँदै गोरुको फिला काटियो, दोहोरिदै घटना

इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्वर ६ कन्याममा गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । त्यसरी गोरुको मासु काटेर कसले लगेको भन्ने हालसम्म पत्ता लागेको छैन ।

गोरुको एक पट्टि खुट्टाको फिला काटेर लगिएको स्थानीय संचारकर्मी गोपाल गिरीले जानकारी दिएका छन् । हड्डीसम्म खुर्किएर मासु निकालिएको अवस्थामा फेला परेको थियो । करिब चार किलो मासु निकालेर लगेको गिरिले जानकारी दिएका छन् ।

उनले फिला काटिएको गोरुको भिडियो कन्यामपोस्टमा राखेका छन् । स्थानिय किसान राम राईले पालेको गोरुको फिला काटेर लागिएको पाइएको छ । स्थानीय पत्रकार गिरिका अनुसार उक्त गोरूको एकदमै क्रुरतापूर्वक जिउँदै अवस्थामा फिला काटिएको थियो ।

सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको गिरीले बताए । गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको अवस्थामा भेटिएको थियो ।

यसअघि पनि उनै किसानको एक हल गोरुको फिला काटेर लागिएको थियो । यस अघि पनि फिला काटेर लगेकै कारण गोरु मरिसकेको छ । उस्तै प्रकृतिको यो दोश्रो घटना हो ।

आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, कसले यस्तो विभत्स कार्य गरेको भन्नेबारे खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै