९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका नौ स्थानबाट मतदाता नामावली संकलन सुरु

१६ श्रावण २०७४, सोमबार १३:०४

स्मृती घर्ती मगर/साउन १६, प्यूठान । प्यूठानका ९ स्थानिय तहबाट आज देखी फोटो सहितको मतदाता नामावली संकलन गर्न थलिएको छ। 

जिल्लाको निर्वाचन कार्यालयबाट मात्रै नाम संकलन भैरहदा चर्को दवावका कारण निर्वाचन आयोगले साउन १६ देखी प्रत्येक नगर तथा गाउँ पालिकाबाट नाम संकलन थालेको हो।

यस अघि हिजो सम्म निर्वाचन कार्यालयबाट मात्रै नामावली संकलन गरिएकोमा आज देखी प्रत्येक स्थानीय तहमा पुगेर नामावली संकलन सुरु गरिएको हो।

प्यूठानको हकमा ९ वटै नगर/गाउँ पालिकाको कार्यालयबाट नामावली संकलन थालिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण वहादुर कँवरले जानकारी दिनु भएको छ। निर्वाचन कार्यालयबाट एक थान कम्प्युटर र एक जना कर्मचारी खटिएका छन भने अन्य कर्मचारी सम्बन्धित नगर/गाउँ पालिकाबाटै खटिने जनाइएको छ।

नामावली संकलनलाई गाउँतह सम्म पुर्याउन दवाव परेपछि निर्वाचन आयोगले प्रत्येक स्थानीय तहमा पुगेर नामावली संकलन गर्ने निर्णय गरेको थियो। 

श्रावन १ गते देखी १५ गते सम्म निर्वाचन कार्यलय खलंगावाट मतदाता नामावली संकलन गरिएको थियो। श्रावन १ गते देखी १५ गते सम्म संचालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा १ हजार ८ सय ९ जनाको नाम दर्ता गरिएको छ। जस मध्ये ९ सय २१ जना पुरुष र ८ सय ८८ जना महिला रहेको जिल्ला निर्वाचन कार्यलय प्यूठानले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो