२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका स्थानीय तहबाट मतदाता नामावली संकलनको कार्य सुरु

२०७४, १६ श्रावण सोमबार १६:३३

साउन १६, डडेल्धुरा । देशभरी जस्तै डडेल्धुराका स्थानीय तहका केन्द्रबाट आजदेखि मतदाता नामावली संकलनको कार्य शुरु भएको छ ।

 निर्वाचन आयोगको निर्णय अनुसार आजदेखि ७ ओटै स्थानीय तहमा दर्ता कर्मचारी खटाइसकिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

 अगरगढी नगरपालिकाको जिल्ला निर्वाचन कार्यालयमै फोटो सहित मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी कृष्णसिंह नायकले जानकारी दिएका छन् । आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावलीमा नामदर्ता शुरु गरिएको नायकले जानकारी दिएका छन् ।

 यही साउन १ गतदेखि साउन १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गरेकोमा आजदेखि स्थानीय तहका केन्द्रबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य शुरु भएको हो । स्थानीय तहमा आजदेखी सुरु भएको नाम दर्ता साउन ३२ गते सम्म संचालन हुनेछ ।

 फोटो सहितको मतदाता नामावलीमा नामदर्ता गराउनका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र सहित स्वयं व्यक्ति दर्तास्थलमा उपस्थित भई नाम दर्ता गराउन जिल्ला निर्वाचन अधिकारी नायकले आग्रह गरेका छन् ।

 मतदाता नामावलीमा त्रुटी भएकाहरुले पनि नामावली सच्याउनका लागि निवेदन दिन सक्ने निर्वाचन कार्यालयले जनाएको छ । यही साउन १ गतदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा ८१९ पुरुष र ७७१ महिला गरि १ हजार ५ सय ८० जनाले नामावलीमा नामदर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 यसअघि स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा ७५ हजार ६८० जनाको मतदाता नामावलीमा नाम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल