२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा माओवादीको सिंगो हेडक्वार्टर परिचालित, यस्तो छ आँकलन

२०७४, १७ श्रावण मंगलवार ०२:२१

साउन १७, काठमाडौं । प्रदेश २ को स्थानीय तह निर्वाचन जित्न सत्तारूढ नेकपा माओवादी केन्द्रको सिंगो हेडक्वार्टर परिचालित भएको छ । 

माओवादी केन्द्रले स्थानीय तहअन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचनमा सन्तोषजनक नतिजा ल्याउन नसकेपछि प्रदेश २ मा राम्रो उपस्थिति जनाउने रणनीति तय गरेर सिंगो पार्टी पंक्तिलाई प्रदेश दुईमा केन्द्रित बनाएको छ । हालै बसेको पार्टी सचिवालय बैठकमा ४० सिट जित्न सकिने आँकलनसहित सिंगो शक्ति प्रदेश २ मा परिचालित हुने निर्णय गरिसकेको छ ।

पार्टीले अध्यक्षसहित शीर्ष नेतालाई निर्वाचन अभियानको अग्रस्थानमा परिचालन गर्ने, उमेदवार छनोटमा विशेष ध्यान दिने, तालमेल प्रभावकारी बनाउनेजस्ता योजना तय गरेको छ । विगत निर्वाचनमा प्रचार संयन्त्र कमजोर भएको निष्कर्षसहित यसपटक प्रचारको कामलाई तीव्र पार्ने रणनीति पनि उसको छ । निर्वाचनलाई केन्द्रित गरेर पार्टी प्रदेश २ को प्रशिक्षण कार्यक्रमअन्तर्गत सोमबार जनकपुरमा भएको कार्यक्रममा माओवादीले सबै शीर्ष नेतालाई मैदानमा उतारेको छ ।

प्रशिक्षणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वमहासचिव रामबहादुर थापा तथा हेडक्वार्टर सदस्य तथा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, हेडक्वार्टर सदस्य हरिबोल गजुरेल, सहरी विकासमन्त्रीसमेत रहेका नेता प्रभु साह, सचिवालय सदस्यहरू उर्मिला अर्याल, विश्वनाथ साह, प्रह्लाद बुढाथोकी, रामकुमार यादव, भरत साह, डाचाराज वाग्लेलगायत उपस्थित बनेका थिए । प्रशिक्षणमा प्रदेश इन्चार्ज मातृका यादव भने अस्वस्थताका कारण उपस्थित हुन सकेनन् । प्रशिक्षणमा अध्यक्ष प्रचण्डले प्रदेश २ मा पार्टीलाई पहिलो बनाउन आग्रह गर्दै युद्धस्तरमा निर्वाचन अभियानमा लाग्न निर्देशन दिए । दाहालले भ्रम चिर्दै पार्टीलाई पहिलो बनाउन खट्न निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले मधेसी जनताको मुक्तिका लागि १ हजार ३ सय जनाले सहादत गरेको उदाहरण दिँदै मधेसको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी भएको समेत बताए । उनीहरूले मधेसीलगायत सम्पूर्ण समुदायको माग सम्बोधन हुने गरी माओवादी केन्द्र संविधान संशोधनका लागि प्रयत्नशील रहेको समेत उल्लेख गरेका थिए । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल