२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

फेरियो डोटी जिल्ला अधिकारी आचार्यको मनोबिज्ञान

२ चैत्र २०७२, मंगलवार १६:१०

doti news

प्रकाश बम । चैत २, डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी केशव प्रशाद आचार्य आफ्नो मनोबिज्ञान परीवर्तन भएको बताएका छन् ।

सोमवार सिलगढीमा बिम्व नेपाली साप्ताहिकको १३ औँ स्थापना दिवस कार्यक्रममा बोल्दै डोटीमा पत्रकारीताको शुरुवात भर्खरै भएको होला जस्तो लाग्यो तर यो कुरा मेरा लागि भ्रम भएको भन्दै कार्यपत्र प्रस्तुत पछि मात्र आफुलाई यति अगाडी देखि पत्रकारीताको शुरुवाती भएको थाहा पाएको प्रमुख जिल्ला अधिकारी आर्चाय बताउनु भयो । पत्रकारीताको बिकासका लागि आफुले सक्दो सहयो गर्ने समेत बताएका थिए । पत्रकारीताको लामो ईतिहास भए पनि अपेक्षाकृत बिकास हुन नसकेको समेत उनले बताएका थिए । ‘डोटी जिल्लाको पत्रकारीता शुद्धिकरणमा हाम्रो भूमीका’ बिषयकमा नेपाल पत्रकार महासंघका अध्यक्ष मिन बम र पत्रकार महासंघका पुर्ब अध्यक्ष शंकर थापाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

पत्रिकाले स्थापना दिबशको अबसरमा गत बर्ष जिल्लामा सामुदायिक बिद्यालयबाट प्रबेशिका परिक्षामा सर्बोउत्कृठ अंक ल्याउने शारदा उमाबि मौवाकी छात्रा राधा ओझा र उत्कृष्ठ सेवा प्रवाह गरेको भन्दै आँखा उपचार केन्द्र सिलगढीका कर्मचारी दिल बहादुर भण्डारीलाई प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरीएको थियो । बिम्ब मिडीया सोसाईटी अध्यक्ष तथा सम्पादक रामहरी ओझा सभापतित्वमा भएको कार्यक्रमको संचालन सह सम्पादक रोजेन्द्र जोशिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान