२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग

१३ चैत्र २०८१, बुधबार १३:२१

काठमाडौँ | सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा पक्राउ परेका वडासदस्य कारागार चलान भएका छन् ।

सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले वडासदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । उनी घटना मिलाउने पञ्चायती बस्ने मध्येका एक व्यक्ति रहेको भन्दै मुद्दा चलाइएको थियो ।

त्यसैगरी प्रतिवादीहरु रामकृपाल मण्डल, विन्देश्वर साह, कारी भनिने करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई भने जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ ।

रामविनोद मण्डल र कमलेश कुमार दासलाई भने साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।

उनीहरुविरुद्ध जातिय छुवाछुत तथा भेदवभावको कसुर, आत्महत्या दुरुत्साहनको कसुर र जबरजस्ती करणीको मुद्दामा मिलापत्र गराएको कसुरमा मुद्दा चलाइएको थियो ।

बलात्कारको आरोप लागेपछि पञ्चायत बसेर मिलापत्र गराउन खोजिएकाले मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २२७ को (क) अनुसारको कसुरमा उनीविरुद्ध मुद्दा चलाइएको थियो ।

बलात्कार तथा अपहरणका आरोपी दुई जना र पञ्चायती मिलाउन सहभागी हुने ८ जना गरी १० जना अझै फरार छन् ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

रिंकुको मृत्युको पछाडि सामूहिक बलात्कारको आरोपदेखि घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप लागेको थियो ।

आमा र एक भाइका साथ बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।

आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी उनै रिंकु त्यसको चार दिनपछि ३० माघ साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

मृत्युअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको खुलेको थियो । न्यायका लागि भन्दै २९ माघमा गाउँ–समाजमा रिंकुको परिवारले छलफलका लागि डाकेका थिए ।

यो विषयमा मिलापत्र गर्न भन्दै रुपेश मण्डललाई १ लाख ५० हजार जरिबाना गर्ने निर्णय भएको थियो । तर यो निर्णयलाई पीडित परिवारले स्वीकार गरेनन् । त्यतिबेला वादविवाद समेत भएको थियो । अर्कोर्फ रुपेशका बुवा देवानाथ मण्डलले समेत १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णयमा सहमति जनाएनन् ।

३० माघमा फेरि पञ्चायती सभा डाकिएको थियो । त्यतिबेला नै रिंकुले रुपेशका साथै अन्य दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै बयान दिएकी थिइन् ।

पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् । प्रहरी अनुसन्धानका क्रममा पनि घटना सामसुम पार्न पञ्चायती बसेको पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
 रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो नेपाल र थाइल्याण्डबीच यी ८ समझदारीपत्रमा हस्ताक्षर तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु   दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो