2026-09-20 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्व अध्यक्ष गणेश थापालाई कारवाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय

काठमाडौँ | फिफाबाट प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापालाई आवश्यक अनुसन्धान तथा छानविन गरी कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

एन्फाको चैत ११ र १२ गते बसेको नवौं कार्यसमिति बैठकले विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई अनुसन्धान गरी कारवाही गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

एन्फाले अख्तिायारसहित फिफा, एएफसी, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले बताए ।

फिफाले २०७२ मा एन्फाका तत्कालिन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो ।

यस्तै संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्वन्धित निकायमा छानविन गरी निर्णयका लागि पत्रचार गर्ने निर्णय भएको शाहले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो